धनुषा। लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल मधेस प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोनललाई मुख्यमन्त्रीमा नियुक्त गरेकी हुन्। नयाँ नेतृत्वका लागि आज (बुधबार) दिउँसो ४ बजेसम्म प्रदेश प्रमुख भण्डारीले समयसीमा तोकेकामा कांग्रेस, एमालेबाहेकको ६ दलका ५७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका […]
नागरिकसँगको कुराकानी भट्टराईले जेन-जी आन्दोलनले पार्टी सुदृढीकरणको विषयलाई जोड दिएको बताउँदै अब पार्टीका सबै कमिटीमा जेन-जी समूहको कम्तीमा २५ प्रतिशत सहभागिता गराउन माग गरेको बताए ।
काठमाडौं – नायक अनमोल केसी दशैँमा प्रदर्शनमा आएका तीन फिल्म ‘हरिबहादुरको जुत्ता’, ‘बलिदान’ र ‘माइतीघर’को कमजोर व्यापारबारे जानकार रहेका पाइएको छ । अनमोलले ती फिल्महरुको कमजोर व्यापारबारे टिप्पणी दिएका छन् । देशको परिस्थिति र माहोलले गर्दा फिल्महरुको व्यापार कमजोर भएको हुन सक्ने उनको बुझाइ छ । तर, कलाकार र मेकरहरुका लागि बक्स अफिस कलेक्सन मात्रै […]
काठमाडौं– नेपाल प्रहरीले काठमाडौँको गोकर्णेश्वरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँअन्तर्गतको प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरी टोलीले गोकर्णेश्वर नगरपालिका–३ गोकर्ण बस्नेत गाउँको एक घरबाट पेस्तोल र हतकडीसहित दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । पक्राउपर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–५ सूर्यकोट घर भई भक्तपुर बस्ने २७ वर्षीय राजन […]
नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा पुन:स्थापनाको विषयमा सडक आन्दोलन गर्न प्रस्ताव गरेका छन्। ओलीले सरकार उल्टो बाटो हिँडेको भन्दै देशलाई संविधान र लोकतन्त्रको बाटोमा ल्याउन आन्दोलनको विकल्प नभएको भन्दै अन्य राजनीतिक दलको साथ खोजेका छन्। बुधबारदेखि ललितपुरको भनिमण्डलमा सुरु भएको बैठकमा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। जसबारे केन्द्रीय सदस्यहरूले बोल्ने […]