भाडा समायोजनको माग गर्दै वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयमा यातायात व्यवसायीको धर्ना

हेटौँडा : यातायात व्यवसायीहरुले वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको परिसरमा धर्ना दिएका छन्। भाडा समायोजनको विषयलाई लिएर सार्वजनिक यातायात महासंघ वाग्मती प्रदेशको राजधानी हेटौँडामा धर्नामा बसेको हो। वैज्ञानिक भाडा दर प्रदेशमा तुरुन्त समायोजन गर्न माग गर्दै सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपाल धर्नामा बसेको हो। महासंघका वरिष्ठ उपाध्यक्ष हेमन्त शेरचनको…