वैदेशिक रोजगारीको नाममा ओमनमा नेपाली महिलामाथि चरम ज्यादती

काठमाडौँ । वैदेशिक रोजगारीको नाममा ओमनमा नेपाली महिलाहरूमाथि चरम ज्यादती भएको छ । ओमनको सोहरस्थित अल–असिल लेब रिक्रुटमेन्ट (म्यानपावर) नामको कम्पनी नै सञ्चालन गरेर महिलाहरूमाथि ज्यादति भएको पाइएको हो । अल–असिल म्यानपावरबाट पीडित नुवाकोट शिवपुरी गाउँपालिका बतासेटोलकी प्रगति तामाङका अनुसार उक्त म्यानपावरले नेपाल, बङ्गलादेश, भारत, श्रीलङ्का, फिलिपिन्स, इडोनेसिया, अफ्रिाकालगायत विभिन्न देशका महिलालाई घरेलु कामदारको रूपमा ओमनमा काममा लगाउने तथा तत्तत् देशमा समेत पठाउने गरेको छ । त्यसका लागि उसले विज्ञापन नै गर्ने गरेको छ । प्रगतिका अनुसार मालिकको रूपमा मुन्ना र मोनिकाले त्यस म्यानपावर सञ्चालन गरिरहेका छन् । विज्ञापनमा मुन्ना नामको नै प्रचारसमेत गरिएको छ । सो म्यानपावरले तोकेको ठाउँमा महिला कामदारहरू घरेलु काममा खटिन्छन् । तर मालिकहरूले तोकेको तलब दिँदैनन् । त्यति मात्रै होइन, फर्केर म्यानपावर कार्यालयसम्म आउँदा काम नगरेको भन्दै उल्टै मोनिकाले ती महिला कामदारमाथि हातपातसमेत गर्ने गरेकी हुन्छिन् । २०७४ माघमा नयाँदिल्ली हुँदै ओमन पुगेकी प्रगतिले पनि यस्तै उत्पीडन ब्यहोरेकी छिन् । उत्पीडन सहिनसक्नु भएपछि उनी भागेर गत २०७६ मङ्सिरमा नेपाल फर्केकी छिन् । उनी त्यति सजिलै नेपाल फर्किएकी होइनन् । तलब रोक्का, शारीरिक मानसिक उत्पीडन र उपचार अभावको समस्यामाझ सिकिस्त बिरामीको रूपमा उनी नेपाल फर्केकी हुन् । ‘मेरो पासपोर्ट मालिक र म्यानपावरको मिलेमतोमा लुकाइएको थियो’ उनी भन्छिन्– ‘टन्सिल, पिनास र अन्य छालारोगको समस्याबाट सिकिस्त अवस्था देखेर ओमनको राजदूतावासले मेरो नागरिकताको आधारमा आवश्यक कागजात बनाइदिएपछि म नेपाल फर्केकी हुँ ।’ एक लाख ५० हजार नेपाली रुपियाँ अल–असिल म्यानपावरका नेपालस्थित एजेन्टलाई बुझाएर उनी मासिक ९० रियल (तत्कालीन नेरु २५ हजार) पाउने आसाका साथ ओमन पुगेकी थिइन् । तर उनले कहिल्यै पनि ९० रियल मासिक बुझ्न पाइनन् । उनी भन्छिन्– ‘मैले ९० रियल त कहिल्यै बुझिनँ । २०÷३० रियलसम्म बुझेँ । सिकिस्त बिरामी हुँदा उपचार खर्च पनि २० रियल मात्र दिएका थिए ।’ घरेलु काम गरिरहेकी प्रगति तामाङ मालिकको ज्यादती सहन नसकेपछि भागेर म्यानपावरको अफिसमा आइपुगिन् । त्यतिबेला भने म्यानपावरको म्यानेजरले उनलाई काम गरेबापत २६० रियल दिएको उनी बताउँछिन् । उनलाई ...

सम्बन्धित सामग्री

के सोच्दैछ ‘प्लस टु’ पुस्ता ?

‘अलिकति पढ्यो हलो छोड्यो, धेरै पढ्यो थलो छोड्यो’ केही वर्षअघि सम्म प्रचलित आहान संशोधन भएर अब ‘प्लस टु पढ्यो देश छोड्यो’ भन्नेमा रुपान्तरण भएको छ । अनौपचारिक तथ्यांकअनुसार अहिले दैनिक १५ सय बढीले देश छोड्छन् । विदेशबाट आउने हवाई चापले नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चौबीसै घण्टा व्यस्त हुन्छ । वैदेशिक रोजगारी र पठनपाठनका नाममा विदेशिने […]

श्रम बजारमा आउने भन्दा विदेशिने बढे

नेपाली श्रम बजारमा आउने श्रमशक्तिको संख्या भन्दा वैदेशिक रोजगारी र उच्च शिक्षाका नाममा विदेशिनेको संख्या उच्च रहेको छ । श्रम बजारमा प्रतिवर्ष ५ लाखको हाराहारी श्रम योग्य जनशक्ति आउने आंकलन गरिएदै आएकोमा चालु आवको ११ महिना ७ लाख नेपाली विदेश गएका छन् । चालु आर्थिक वर्षको जेठसम्म ११ महिनामा ६ लाख ९९ हजार ४२२ युवाले […]

वैदेशिक रोजगारी ठगीका उजुरी मन्त्रालयसम्म

वैदेशिक रोजगारीका नाममा चरम ठगी हुन थालेपछि यसको गुनासो वैदेशिक रोजगार विभागमा मात्र नभई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा समेत पर्न थालेको छ । वैदेशिक रोजगारीमा जाने श्रमिकको संख्या बढेसँगै यसका नाम हुने व्यक्तिगत र संस्थागत (मेनपावर) ठगी बढेपछि वैदेशिक रोजगार विभागमा गर्नुपर्ने उजुरी मन्त्रालयमा समेत पर्न थालेको हो । मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले […]

रोजगारका लागि विदेश पुगेर ठगिएकालाई यथाशीघ्र उद्दार र न्याय दिलाउन आग्रह

काठमाडौँ – मधेशी आयोगका अध्यक्ष डा.विजयकुमार दत्तले वैदेशिक रोजगारको नाममा विदेश पुगेर ठगिएको र त्यहाँ विभिन्न समस्याहरूबाट पीडित मधेशी समुदायका दिदीभाई तथा दाजुबहिनीहरुलाई यथाशीघ्र उद्दार गरेर न्याय दिलाउन परराष्ट्र मन्त्री डा.नारायण खडकालाई आग्रह गरेका छन्। परराष्ट्र मन्त्रालयमा आयोगका अध्यक्ष डा.दत्त र मन्त्री खड्काबीच भएको औपचारिक भेटघाटमा अध्यक्ष डा.दत्तले आयोगमा वैदेशिक रोजगारी सम्बन्धी विभिन्न किसिमको उजुरी […]

बैदेशिक अध्ययनको नाममा ७ महिनामा बाहिरियो २२ अर्ब, रेमिट्यान्समा 'शुन्य' योगदान

बैदेशिक अध्ययनको नाममा ७ महिनामा २२ अर्ब रुपैयाँ बाहिरिएको छ। बैदेशिक अध्ययनको नाममा चालु आर्थिक बर्षको ७ महिनामा मात्रै २२ अर्ब बाहिरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ। आर्थिक बर्ष २०७७-०७८ मा बैदेशिक अध्ययनको नाममा २४ अर्ब ९६ करोड बाहिरिएको थियो भने अघिल्लो आर्थिक बर्ष २५ अर्ब ८१ करोड नेपालबाट बाहिरिएको थियो। तर यस आर्थिक बर्षको पहिलो ७ महिनामा नै २२ अर्ब बाहिरिएको हो। राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको सात महिनामा शिक्षातर्फको व्यय २२ अर्ब ६० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा शिक्षातर्फको व्यय ५ अर्ब ६७ करोड रुपैयाँ थियो ।अष्ट्रेलियाको लागि बढी पैसा बाहिरियो पछिल्लो तीन महिनामा मात्रै विदेश अध्ययनको लागि ३५ हजारभन्दा बढी अनुमती पत्र (एनओसी) जारी भएको छ। सामान्यतया एउटा 'कोर्ष' को लागि एउटा मात्र एनओसी जारी हुने भएकाले केहिले दुई भन्दा बढी पनि एनओंसी लिने शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा प्रमुख हरिप्रसाद निरौलाले जानकारी दिए। शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा केशरमहलले दिएको जानकारी अनुसार ३५ हजार ७५४ जनाले उच्च शिक्षा अध्ययनका लागि एनओसी लिएका छन्।सन् २०२२ को जनवरीदेखि मार्च महिनासम्म विभिन्न देशमा विद्यावारिधि तथा एमफिलका लागि ५८ जना, स्नातकोत्तर तहको लागि ३ हजार ४४१ जना र स्नातक तह (ब्याचलर) अध्ययनका लागि ६ हजार ९४ जनाले अध्ययन अनुमति पत्र लगेका छन् ।त्यस्तैगरी डिप्लोमा ८ हजार ६१०, भाषा पढ्न जानेहरु (कुनै देशहरुमा भाषिक कोर्ष पुरा गरेपछि मात्रै शैक्षिक कोर्ष पढ्ने पाउने व्यवस्था भएका देशहरुमा जाने) ६ हजार ६०४ छन् भने विभिन्न विषयहरु अध्ययन गर्न जानेहरु १० हजार ९४७ जना छन्।वैदेशिक अध्ययनका लागि जानेहरु मध्ये सबैभन्दा बढी अष्ट्रेलिया गएका छन्। २३ हजार ७६९ जना अस्ट्रेलिया, जापान ६ हजार ४८९, क्यानडा १ हजार ३८३, युके ६११, भारत १ हजार ३४८, युएसए ३७४ दक्षिण कोरिया ४४०, थाइल्यान्ड ६२ जनाले वैदेशिक अध्ययन अनुमति पत्र लिएका छन्।एनओसीमा कोभिडको चापकोभिडका कारण केहि समय बैदेशिक अध्ययन तथा यससंग जोडिएका गतिबिधि ठप्प भएकाले त्यसको चाप अहिले परेको शाखा प्रमुख हरि प्रसाद निरौलाको भनाइ छ। गत साल वर्ष भरिमा विभिन्न देशहरुका लागि ४५ हजार ६२५ जनाले वैदेशिक रोजगारी अध्ययनपत्र लिएका थिए। कोभिड सामान्य हुने बित्तिकैका दिनमा एनओसी लिनेको संख्या दैनिक १ हजारदेखि १२ सय पुगेको थियो तर अहिले दैनिक ६-७ सय जनाले एनओसीको लागि आवेदन दिइरहेको शाखा प्रमुख निरौलाले बताए ।गत वर्ष २०२० अगष्ट २८ देखि अनलाइन माध्यमबाट एनओसी दिन शुरु गरेको थियो । त्यसयता २०२२ मार्च ३१ सम्म ९४ हजार २७९ जना वैदेशिक अध्ययनका लागि विदेसिएका छन् । त्यसमध्ये सबैभन्दा बढी अष्ट्रेलिया ३५ हजार ७५ जना गएका छन् । त्यसपछि क्रमशः जापान, क्यानडा, युके, अमेरिका लगायतका देशहरु गएका छन्।बर्षमा खर्ब बाहिरियो तर भित्रिएन सोचेजस्तो रेमिट्यान्स गत वर्ष २०२० अगष्ट २८ देखि २०२२ मार्च ३१ सम्म बैदेशिक अध्ययनको लागि जानेको संख्यालाई आधार मान्दा बैदेशिक अध्ययनको लागि बर्ष भरिमा कम्तिमा पनि ५० हजार नेपाली बाहिरिएका छन्। अष्ट्रेलिया, जापान जस्ता देशहरुमा जान एक जना व्यक्तिले औशतमा पहिलो किस्ता अर्थात जान अगाडीको  (कलेज वा युनिभर्सिटी फी सहित) करिब १५ लाख नेपाली रुपैयाँ तिर्ने गर्दछन्। ५० हजारले प्रति व्यक्ति १५ लाख तिर्दा झन्डै ७५ अर्ब रुपैयाँ बर्षमा बैदेशिक अध्ययनको नाममा बाहिरिएको तथ्यांकले देखाउंछ। त्यसमा पनि केहि बिद्यार्थीले दोस्रो किस्ता पनि नेपालबाटै तिर्ने गर्दछन। यो शुल्क समेत जोड्ने हो भने झन्डै १ खर्ब रुपैयाँ बैदेशिक अध्ययनको नाममा विदेश बाहिरिएको देखिन्छ।बैदेशिक अध्ययनको लागि बाहिरिएको पैसालाई अन्यथा लिन नमिल्ने राष्ट्र बैंकको बुझाई छ। यसरी बर्षमा खर्ब बाहिरीएपनि बैदेशिक अध्ययनबाट नेपालमा सिप र रेमिट्यान्स दुवै भित्रिने राष्ट्र बैंकको बुझाई छ। तर तथ्यांक र व्यवहारले भने त्यस्तो देखाउदैन। बैदेशिक अध्ययनको नाममा बर्ष भरिमा खर्ब रुपैयाँ बाहिरीएपनि अध्ययनको रोजाईमा परेका देशबाट नेपाल भित्रिने रेमिट्यान्स भने न्यून छ।नेपालमा बढी रेमिट्यान्स भित्रिने देशमा कतार पहिलो स्थानमा रहेको छ भने दोस्रोमा साउदी रहेको छ। त्यस्तै तेस्रोमा दुबई, चौथोमा मलेसिया र पाँचौमा अमेरिका र छैटौंमा जापान रहेको छ। सातौँ आठौँ र नवौं र दशौँमा क्रमश दक्षिण कोरिया, कुवेत, बहाराइन र बेलायत हुन्। बैदेशिक अध्ययनको नाममा बर्षेनी करोडौं रुपैयाँ बाहिरीएपनि यी देशहरुबाट आउने रेमिट्यान्स भने न्यून रहेको छ। बैदेशिक अध्ययनमा सबै भन्दा बढी अष्ट्रेलिया गएको देखिन्छ तर रेमिट्यान्स बढी आउने देशको उत्कृष्ट दशको सुचिमा भने अटाउन सकेको छैन।

वैदेशिक रोजगारी : तत्काल क्षतिपूर्ति दिलाउन संसदीय समितिको निर्देशन

काठमाडौं :  वैदेशिक रोजगारीको नाममा ठगिएका युवालाई तत्काल क्षतिपूर्ति दिलाउन संसदीय समितिको निर्देशन दिएको छ। प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वैदेशिक रोजगारीका नाममा ठगिएका युवालाई तत्काल उनीहरुले बुझाएको रकम फिर्ता दिलाउन वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको हो। स्ट्रलिङ ओभरसिज प्रालिले १३ जना युवासँग प्रतिव्यक्ति ५ लाख १० हजार रकम बढी लिएर वैदेशिक रोजगारीमा नपठाएको भन्ने उजुरीमाथि छलफल गर्दै समितिले विभागलाई सो निर्देशन दिएको हो। समितिले व

एकै दिन विमानस्थलबाट २१ किलो ‘झिटिगुन्टा’ सुन बरामद

१४ मंसिर, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भएर झिटिगुन्टाका नाममा गहनाका आकारमा भित्र्याइएका कच्चा सुन बरामद गर्न शुरु भएको छ । सोमबार मात्रै विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारी र घुम्न गए फर्किएका नेपालीलाई भरिया बनाएर बाला र बेरुवा बनाएर नेपाल भित्र्याइएको २१ किलो गहाना आकारका सुन बरामद गरेको छ । दुबई, कतार र मलेसियाबाट नेपाल […]

‘जोखिममा परेका श्रमिक फिर्ता ल्याउनू’

सर्वोच्च अदालतले वैदेशिक रोजगारी कोभिड–१९ सङ्क्रमणको जोखिमपूर्ण अवस्थामा रहेका नागरिकलाई स्वदेश फिर्ताको आवश्यक प्रक्रिया थाल्न सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ । बहुसङ्ख्यक जनताको स्वास्थ्य र सुरक्षाको हितलाई संरक्षण गर्दै उद्धारको प्रक्रिया अघि बढाउन अदालतले आदेश गरेको हो ।

​नवलपरासीमा वैदेशिक रोजगारीमा नाममा ठगि बढ्यो, ठग्ने आफन्त र चिनजानकै व्यक्ति

नवलपरासी, जेठ ४ – पश्चिम नवलपरासीमा वैदेशिक रोजगारी नाममा ठगिनेहरु बढेका छन् । पछिल्लो ४ वर्षमा ठगिएकाहरुले दिएको उजुरीले ठगिनेहरु बढेको देखाएको...