नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष विष्टद्वारा राजीनामा

काठमाडौंः नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले राजीनामा दिएका छन्। प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री शेरबहादुर देउवासमक्ष विष्टले बिहीबार राजीनामा बुझाएका हुन्।  उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले कार्यकारी अध्यक्षमा नियुक्ति गरेको थियो। सरकार परिवर्तन भएसँगै विष्टले राजीनामा दिएका हुन्।

सम्बन्धित सामग्री

सञ्चारमन्त्रीले मागिन् नेपाल टेलिभिजन र गोरखापत्रका अध्यक्षको राजीनामा

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपाल टेलिभिजनको कार्यकारी अध्यक्ष समीरजंग शाह र गोरखापत्र संस्थानका कार्यकारी अध्यक्ष विष्णुप्रसाद सुवेदीको राजीनामा माग गरेका छन् ।