अमेरिकाले दियो भारतलाई ब्ल्याक फंगसको औषधि

एजेन्सी। कोरोनाको दोस्रो लहरसँगै भारतलाई सताइरहेको ब्ल्याक फंगसको औषधि अमेरिकाले दिएको छ। यो औषधि अमेरिकाले भारतलाई दोस्रो खेप दिएको हो। यसअघि दुईलाख डोज दिएको थियो। कोरोनाबाट मुक्त भइसकेका मानिसमा ब्ल्याक फंगसले सताइरहेको छ। महामारीका रुपमा देखा परेको ब्ल्याक फंगसले विरामीको आँखाको दृष्टि हराउनुका साथै शरीरका अन्य अंगमा समेत असर गर्ने देखिएको छ।

सम्बन्धित सामग्री

खालिस्तानी नेताको हत्या प्रयास विफल बनाउँदै अमेरिकाले दियो भारतलाई चेतावनी

एजेन्सी । अमेरिकामा खालिस्तानी नेताको हत्या प्रयास सुरक्षा अधिकारीले विफल बनाएका छन् । फाइनान्सियल टाइम्सका अनुसार अमेरिकामा खालिस्तानी नेता गुरुपतावन्त पनुनको हत्या प्रयास भएको थियो । फाइनान्सियल टाइम्ससँगको कुराकानीमा आफ्नो हत्याबारे अमेरिकी सुरक्षा अधिकारीले पूर्व सूचना दिएको सम्बन्धमा उनले बोल्न भने चाहेनन् । तर, पनुनले भनेका छन्- ‘भारतले परिचालन गरेको संयन्त्रबाट अमेरिकी भूमिमा मेरो जीवनमाथि […]

अमेरिकाको साथ पाएको भारतलाई जर्मनीले दियो झट्का

बीबीसी। कोरोना महामारी नियन्त्रणमा अमेरिकाको साथ पाएको भारतलाई जर्मनीले झट्का दिएको छ। अमेरिकाले भारतलाई लक्षित गरी घोषणा गरेको कोभिड–१९ खोपको पेटेन्ट राईट छोड्ने कुराको जर्मनीले विरोध गरेको हो। “बौद्धिक सम्पदाको सुरक्षा कुनै पनि नयाँ विचारको स्रोत हुन्छ, त्यसैले यसलाई जोगाउनुपर्छ,” जर्मन सरकारले भनेको छ। पेटेन्ट हटेपछि संसारका धेरै कम्पनीले खोप बनाउन सक्ने विश्वास धेरैको छ।

जापानले भारतलाई दियो तीन सय अक्सिजन कन्सन्ट्रेटर्स र भेन्टिलेटर

एजेन्सी। कोरोना महमारीले थलिएको भारतमा विश्व समुदायको सहयोग ओइरो लागेको छ। आज मात्र जापानले भारतलाई तीन सय अक्सिजन कन्सन्ट्रेटर्स र भेन्टिलेटर उपलब्ध गराउने घोषणा गरेको हो। आजै मात्र कोरोना महामारी नियन्त्रण गर्न अमेरिकाले पठाएको एक जहाज सामाग्री भारतको नयाँदिल्ली पुगेको छ। चीनले पनि भारतलाई सहयोग गर्ने प्रतिवद्धता गरेको छ। बेलायत र फ्रान्स यसअघि नै सहयोग गर्ने घोषणा गरिसकेका छन्।

युद्धको तयारीमा रहन भारतलाई चीनको चेतावनी, अमेरिकाले दियो यस्तो प्रतिक्रिया

एजेन्सी– डोकलामलाई लिएर पछिल्लो ३६ दिनदेखि भारत–चीनबीच तनाब चलिरहेको छ । भारत तथा चीनका सेनाहरु आमने सामने अवस्थामा रहेका छन् ।