कांग्रेस नगर सभापति वडामै पराजित

बैतडी : दशरथचन्द नगरपालिकाका नगर सभापति लालबहादुर चन्द वडामै पराजित भएका छन्। नगर सभापति चन्द सोमबार सम्पन्न नगरपालिकाको वडा नम्बर ८ बाट वडा तहको अधिवेशनमा क्षेत्रीय प्रतिनिधिका उम्मेदवार बनेका थिए।चन्दलाई चन्द्रसिंह थापाले चार मतअन्तरले पराजित गरेको मतदान अधिकृत सुरेन्द्र चन्दले जानकारी दिए। थापाले ५७ र चन्दले ५३ मत प्राप्त गरे।  चन्द १३ औं महाधिवेशनबाट निर्वाचित नगर सभापति हुन्।चन्द जिल्ला समन्वय समितिका सदस्यसमेत हुन्। कुल १६ जना क्षेत्रीय प्रतिनिधि चयनका लागि भएको निर्वाचनमा २४ जना आकां