मधेस प्रदेशको प्रदेश सभाका लागि संसदीय दलको नेता, प्रमुख सचेतकलगायतका विषयमा छलफल गर्न जनकपुरमा जनमत पार्टी नेपालको शीर्ष नेताको बैठक आज बस्ने भएको छ । जनमतले पार्टीले मधेश प्रदेश सरकारको नेतृत्व गर्ने दावी गरेको छ । जनमत पार्टीका अध्यक्ष सिके राउत काठमाडौँमा भएको बेला गठबन्धनका नेताहरुको भेटमा उनले मधेस प्रदेश सरकारको नेतृत्व गर्ने वातावरण बनाएको दावी गरेका छन् । केन्द्रदेखि प्रदेश (मधेस प्रदेश) सम्म सरकार बनाउन जनमतको मत आवश्यक देखिएकाले सो पार्टीको संसदीय दलको नेता तथा सचेतक पदप्रत