एमाले विवाद मिल्दा के हुन्छ देउवा सरकारको भविष्य ?

नेकपा एमालेमा विवादरत दुई पक्षमध्ये माधव नेपाल पक्षले पनि कार्यदलले तयार गरेको १० बुँदे सहमतिको जगमा पार्टी विवाद समाधानको प्रयास गर्ने भनेपछि ढिलोचाडो एमाले विवाद मिल्ने दिशातिर गएको चर्चा राजनीतिक वृत्तमा छ । यससँगै अर्को विषयले पनि बहसमा प्रवेश पाएको छ । त्यो हो– एमाले विवाद मिल्यो र माधव नेपाल पक्षका सांसदले सरकारलाई दिएको समर्थन फिर्ता लिए भने शेरबहादुर देउवा नेतृत्वको सरकारको भविष्य के हुन्छ ?  प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदा एमालेका २२ जना सांसदले मत दिएका थिए  । उनीहरूले मात्रै ...