केपी ओली बेइमानीको अर्को नाम भएको माधव नेपालको आरोप, ‘असत्यका विरूद्ध सत्यको लडाइँ’

विराटनगर : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले केपी शर्मा ओली घोर बेइमानीको अर्को नाम भएको बताएका छन्। आफ्नो समूहले मोरङ जिल्ला र विराटनगर महानगरमा गठन गरेको कमिटीको घोषणा सभामा नेता नेपाल प्रधानमन्त्रीप्रति आक्रामक भएका हुन्। ‘हिजो प्रचण्डलाई सँगै लाने र पालैपालो अध्यक्ष अनि प्रधानमन्त्री बन्ने भन्ने कागजमा सहीछाप गर्ने…