प्रदेश २ मा जसपा : सत्ताधारी पनि, ‘प्रतिपक्ष’ पनि !

जनता समाजवादी पार्टी नेपालले प्रदेश २ का आफ्नो नेतृत्वको सरकारबाट अध्यक्ष महन्थ ठाकुर पक्षका मन्त्रीलाई हटाएर काँग्रेसलाई भित्र्याएपछि जसपा दुई ध्रुवमा विभाजित भएको छ । यसअघि पनि जसपा पूर्व समाजवादी पार्टी र राजपामा विभाजित नै थियो । अहिले विभाजन स्पष्ट रुपमा देखिएको छ ।केन्द्रमा देखिएको विवादका कारण उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका एकजना मन्त्री र तीनजना राज्यमन्त्रीलाई सरकारबाट हटाएर गरेर काँग्रेसलाई भित्र्याई सकेको छ । जसपाकै सरकार भएपनि पार्टीभित्रै एउटा पक्ष सत्ताधारी र अर्को विपक्षी

सम्बन्धित सामग्री

जसपा प्रदेश २ को अध्यक्षमा पुनः  विजय यादव चयन

जनकपुरधाम : जनता समाजवादी पार्टी नेपाल (जसपा) प्रदेश २ को अध्यक्षमा पुनः विजय यादव चयन भएका छन्। यादवको अध्यक्षतामा १५१ सदस्यीय प्रदेश कमिटी गठन भएको नेता ज्ञानेन्द्र यादवले जानकारी दिए।यसअघि पनि अध्यक्ष रहेका यादव कमिटी पुनर्गठनका लागि आइतबार दिउँसो अध्यक्ष पदबाट राजीनामा दिएका थिए। प्रदेश २ सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीसमेत रहेका यादव पार्टीको केन्द्रीय कार्यकारिणी समिति सदस्य र पार्टीको आर्थिक विभाग प्रमुख समेत हुन्। पूर्वखसंघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपाल

जसपा प्रदेश २ का अध्यक्षले दिए राजीनामा

जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ का अध्यक्ष विजय यादवले पदबाट राजीनामा दिएका छन् । प्रदेश २ का कृषिमन्त्री समेत रहेका यादव जसपाका कार्यकारिणी सदस्य तथा आर्थिक विभाग प्रमुख समेत रहेका छन्  । जसपामा व्यक्ति एक पदको अवधारणा लागु गरिएपछि उनले अध्यक्ष पदबाट राजीनामा दिएका हुन् । प्रदेश २ का प्रदेश सांसद रामअशिष यादवले एक व्यक्ति एक पदको अवधारणा अन्तर्गत उनले अध्यक्षबाट राजीनामा दिएको बताए । यसअघि विजय यादवलाई प्रदेश २ को अर्थमन्त्रीबाट हटाएर कृषि मन्त्री बनाइएको थियो । अर्थमन्त्रीब

जसपा प्रदेश २ का अध्यक्ष यादव र मुख्य सचिव झाले दिए राजीनामा

जनकपुरधाम : जनता समाजवादी पार्टी (जसपा) प्रदेश २ का अध्यक्ष विजय यादव र मुख्य सचिव शम्भु झाले पदबाट राजीनामा दिएका छन्।यादवले पार्टीको एक व्यक्ति एक पद अवधारणाअन्तर्गत प्रदेश अध्यक्ष पदबाट आइतबार राजीनामा दिएका हुन्। यादव पार्टीको केन्द्रीय कार्यकारिणी सदस्यसमेत छन्।श्रोतका अनुसार प्रदेश २ का भूमी व्यवस्था कृषि तथा सहकारी मन्त्री यादवले आइतवार नै पार्टी केन्द्रीय अध्यक्ष उपेन्द्र यादवलाई राजीनामा बुझाएका हुन्। त्यसैगरी जसपाका प्रदेश २ का मुख्यसचिव शम्भु झाले मुख्यसचिव सहित पार्टीको सम्

प्रदेश २ मा महन्थलाई राहत

जनता समाजवादी पार्टी नेपालबाट अलग भएर बनेको लोकतान्त्रिक समाजवादी पार्टीलाई प्रदेश २ मा राहत मिलेको छ । प्रदेश २ प्रदेशसभामा सो पार्टीका पक्षमा १६ सांसद भएका छन् । जसपाका सभामुखसहित ५५ सांसदमध्ये १६ जनाले लोसपाका पक्षमा सनाखत गराएका हुन् । राजनीतिक दलसम्बन्धी अध्यादेश अन्तर्गत जसपा विभाजन भएको हो । अध्यादेशअनुसार नयाँ दलका पक्षमा सनाखत गर्ने मंगलबार अन्तिम दिन हो ।लोसपाका नेताहरु प्रदेश २ प्रदेशसभामा १६ सांसद आफ्नो पक्षमा रहनु उत्साहजनक रहेको बताउँछन् । यद्यपि तत्कालीन राजपा नेपालका अ

दल विभाजनको असर : प्रदेश २ मा जसपा र एमाले समाजवादी बलियो

जनकपुरधाम : दल विभाजनसम्बन्धी अध्यादेश जारी भएलगत्तै जनता समाजवादी पार्टी नेपाल (जसपा) र नेकपा एमाले विभाजित भए। जसको असर प्रदेश २ मा रुपमा देखा परेको छ।जसपाबाट फुटेर गएको महन्थ ठाकुर–राजेन्द्र महतो समूहले जसपा (लोकतान्त्रिक) गठन गरेका छन्। प्रदेशसभा सदस्यको गणनामा उक्त पार्टी उपेन्द्र यादव नेतृत्वको जसपाभन्दा कमजोर छ।दल विभाजनअघि यादव पक्षमा ३० सांसद थिए। अहिले ४० जना पुगेको छ। समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी (राजपा)बीच एकीकरण हुनअघि जसपाको ३० सांसद थियो। अहिले राजपाका १० जना सांस

प्रदेश- २ मा मन्त्रालयको बाँडफाँटका लागि तीन दल छलफलमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको प्रदेश २ सरकारमा काँग्रेस र माओवादी केन्द्र पनि सम्मिलित हुने भएका छन् । मंगलबार जसपा (उपेन्द्र यादव पक्ष), काँग्रेस र माओवादीबीच सत्ता सहकार्यको सहमति भएपछि बुधबार मन्त्रालयको बाँडफाँटका लागि छलफल जारी छ ।प्रदेश २ काँग्रेस संसदीय दलका नेता रामसरोज यादवका अनुसार विहान ९ बजेदेखि तीन दल छलफलमा छन् । मन्त्रालयको संख्या र कसले कुन दलले कतिवटा प्राप्त गर्ने विषय टुंगिएको माओवादीका सांसद भरत साहले जानकारी दिए ।तीन दलको सत्ता सहकार्य हुने भएपछि प्रदेश २

प्रदेश २ मा सत्ताको खेल : ओली–महन्थ भर्सेस काँग्रेस–जसपा

जनता समाजवादी पार्टी (जसपा) भित्रको विवादको बाछिटाले  प्रदेश २ को सत्ता समीकरणमा असर पारेको छ । प्रदेश २ मा सत्ता सहकार्यका लागि उपेन्द्र यादव पक्ष र नेपाली काँग्रेसबीच छलफल चलिरहेको छ । तर, भागबण्डामा सहमति जुट्न सकेको छैन ।प्रदेश २ मा सत्ता सहकार्यका लागि जसपाको यादव पक्ष र काँग्रेसबीच एक सातादेखि वार्ता र छलफल चलिरहेको छ भने अर्कोतर्फ महन्थ ठाकुर पक्ष र एमालेका बीचमा पनि छलफल चलिरहेको छ ।जसपाको उपेन्द्र यादव पक्षले महन्थ ठाकुर पक्षका मन्त्री जितेन्द्र सोनल र तीनजना राज्यमन्त्रीलाई सरकारब

प्रदेश २ को जसपा संसदीय दलको नेतामा लालबाबु राउत चयन

धनुषा – जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रदेश २ संसदीय दलको नेतामा मुख्यमन्त्री लालबाबु राउत चयन हुनुभएको छ । पार्टी एकता भएको एक वर्षपछि राउत बहुमत सांसदको हस्ताक्षरसहित संसदीय दलको नेता चयन हुनुभएको हो । तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र सङ्घीय समाजवादी पार्टीबीच २०७७ वैशाख ८ गते एकता भएको थियो । केन्द्रमा महन्थ–राजेन्द्र महतो र उपेन्द्र यादवको विवादले केन्द्रमा पार्टी विभाजनको सङ्घारमा पुगेका बेला प्रदेश २ मा बहुमतबाट दलको नेता चयन र विधानसमेत पारित भएको छ । जसपाका एक जना अध्यक्ष या...

केन्द्रमा जसपा विवाद : प्रदेश २ मा केही मन्त्री हटाउने तयारी

जनकपुरधाम : समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी मिलेर बनेको जनता समाज पार्टी (जसपा) को समायोजन कार्य पूरा नहुँदै केन्द्रमा देखिएको विवादले पार्टी फुटको संघारमा पुगेको छ।महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री केपी ओलीको पक्षमा खुलेर लागेपछि उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षबीच औपचारिक रुपमा नभए पनि कित्ता काटको अवस्था स्पष्ट रुपमा देखिएको छ।यस केन्द्रीय राजनीतिमा देखिएको फुटको असर प्रदेश २ को राजनीतिमा पनि हुने अवस्थाको सृजना भएको छ। जसपा फुटको संघारमा लगभग पुगेको हुँदा प्रदेश

प्रदेश–२ को नाम र राजधानीका लागि जसपा र माओवादीद्वारा प्रस्ताव दर्ता

काठमाडौं। प्रदेश–२ को नाम र राजधानीका लागि सत्तारुढ जसपा र माओवादी केन्द्रले प्रदेशसभामा प्रस्ताव दर्ता गराएको छ।जसपा र माओवादी केन्द्रले प्रदेश–२ को नाम ‘मधेस प्रदेश’ र राजधानी ‘जनकपुरधाम’ प्रस्ताव दर्ता गरेको प्रदेशसभा सचिव रञ्जितकुमार यादवले बताए। जसपा र माओवादी दुवै दलले सम्मान प्रस्ताव गरेका हुन्। सचिवालयले वैशाख ९ गतेभित्र नाम र राजधानीका लागि प्रस्ताव दर्ता गर्न भनेको थियो।