जसपाले सबै मन्त्री फिर्ता बोलाउने, पार्टीविरोधी गतिविधि गर्ने सबैलाई कारबाही गर्ने !

काठमाडौं । सत्तारूढ जनता समाजवादी पार्टीले सरकारमा सहभागी सबै मन्त्रीलाई फिर्ता बोलाउने भएको छ । सो पार्टीका अध्यक्ष उपेन्द्र यादवपक्षीय नेताहरूको बैठकले यस्तो निर्णय गरेको एक नेताले जानकारी दिए । उनका अनुसार त्यो भेलामा संयोजक बाबुराम भट्टराई पक्षलाई भने बोलाइएको थिएन । एक नेताले दिएको जानकारीअनुसार करिब २० जना कार्यकारिणी सदस्यको...

सम्बन्धित सामग्री

खटाएको ठाउँमा नजाने कर्मचारीलाई मन्त्रालयले कारबाही गर्ने

काठमाडाैं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले खटाएको ठाउँमा नजाने कर्मचारीलाई कारबाही गर्ने तयारी गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले मन्त्री स्तरीय निर्णय गर्दै प्रचलित कानून बमोजिम सरुवा, पदस्थापन, काजमा खटाइएका र काज फिर्ता गरिएका निकाय तथा कार्यालयमा रमाना भई जानुपर्नेमा अहिलेसम्म पनि रमाना नलिएको भन्दै कारबाही गर्ने तयारी […]

मन्त्री फिर्ता बोलाउने जसपाको निर्णय, बाबुराम भट्टराईलाई कारबाही गर्ने

काठमाडौं :  जनता समाजवादी पार्टी (जसपा)ले सरकारमा रहेका सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ। गएराति अबेर सकिएको कार्यकारिणी बैठकले सरकारमा रहेका चारै जना मन्त्री फिर्ता बोलाएर अरु सांसदलाई सरकारमा पठाउने निर्णय गरेको हो। बैठकमा सहभागी नेता मृगेन्द्र कुमार सिंह यादवले मन्त्री फेर्ने निर्णय पहिलाकै भएको र हिजो कार्यान्वयनको विषय उठाइएको बताए। बैठकले मन्त्री फेर्ने र नयाँ मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादवलाई दिएको छ।  यस्तै बैठकले पार्टीका संघीय परिषद् अध्यक्ष डा

अनुशासनको कारबाही भोग्न तयार छु, उम्मेदवारी फिर्ता लिन्न : जगन्नाथ पौडेल

काठमाडौं, १५ वैशाख । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रष्ट पारेका छन् । उनलाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन पुगेका थिए । मन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन आग्रह गरेका थिए । तर, पौडेलले भने आफू निकै अघि […]

अनुशासनको कारबाही भोग्न तयार छु, उम्मेदवारी फिर्ता लिन्न : जगन्नाथ पौडेल

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेस नेता तथा पूर्वसांसद जगन्नाथ पौडेलले कुनै पनि हालतमा आफ्नो उम्मेदवारी फिर्ता नहुने प्रष्ट पार्नुभएको छ । उहाँलाई फकाउन गृहमन्त्री बालकृष्ण खाँण र राज्यमन्त्री उमेश श्रेष्ठ चितवन पुगेका थिए । मन्त्री खाँणले उम्मेदवारी फिर्ता लिन आग्रह गर्नुभएके थियो । तर, पौडेलले भने आफू निकै अघि बढिसकेको […]

क्रिकेट खेलाडी माथिको कारबाही फिर्ता लिन पूर्वकप्तान पारस खड्काको आग्रह

नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्काले क्रिकेट खेलाडीलाई गरिएको कारबाही फिर्ता लिन आग्रह गरेका छन्। खेलाडीहरुमाथिको कारबाही अन्यायपूर्ण भएकाले उनीहरुमाथि गरिएको कारबाही फिर्ता हुनुपर्ने पुर्वकप्तान खड्काले आग्रह गरेका छन्। खेलाडीहरुमाथि न्याय हुनुपर्ने र त्यसका लागि उनीहरुमाथिको कारबाही फिर्ता हुनुपर्ने भन्दै खड्काले सामाजिक संजाल फेसबुक मार्फत यस्तो आग्रह गरेका हुन्। 'हामीहरु हाम्रा क्रिकेट खेलाडीको समर्थनमा छौं, उनीहरुमाथि न्याय हुनुपर्छ' खड्काले लेखेका छन्, 'आशाबादी छु, क्यानले आफ्नो निर्णय फिर्ता लिनेछ र खेलाडीहरु आगामी फेब्रुअरीमा हुने टि२० विश्वकप छनौट खेलको तयारिमा केन्द्रित हुन पाउनेछन् र हाम्रो (नेपालको) एकदिवसीय स्ट्याटस कायम हुनेछ।'मंसिर २९ गते क्यानले राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र कमल सिंह ऐरीमाथि कारबाही गरेको थियो। युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजले क्रिकेट खेलाडीलाई गरिएको कारबाहीमाथी पुनर्विचार गर्न आग्रह गरेका छन् । शुक्रबार नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरुलाई मन्त्रालयमा बोलाएर मन्त्री गहतराजले कारबाहीको निर्णयमा पुनर्विचार गर्न आग्रह गरेका हुन् । क्रिकेट खेलमार्फत् नेपाललाई विश्वसामु चिनाउन योगदान गरेका खेलाडीहरुलाई दुरुत्साहित हुने ढंगले कारबाही गरिनु गलत भएको भन्दै उनले खेलाडीहरुलाई संरक्षणन गर्नुपर्ने बताए । क्यान र खेलाडीबीच देखिएको समस्या समाधानका लागि उपर्युक्त विधि अपनाउनुपर्ने बताउँदै मन्त्री गहतराजले खेल क्षेत्रमै आफ्नो उर्जावान समय खर्चिएका खेलाडीहरुलाई गरिएको कारबाहीले गलत सन्देश जाने भन्दै चिन्ता समेत ब्यक्त गरे ।मन्त्री गहतराजले आगमी दिनमा हुन गईरहेका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितालाई समेत मध्यनजर गर्दै तत्काल देखिएका समस्या समाधान गर्न क्यानका अध्यक्ष चतुर बहादुर चन्द सहितका पदाधिकारीहरुलाई निर्देशन समेत दिए

कर्णाली प्रदेशका एमाले मन्त्री भन्छन्– सरकारमै रहन्छौँ

कर्णाली प्रदेशका आफ्ना ४ जना सांसदलाई  एमालेले गरेको कारबाही सर्वोच्च अदालतबाट सदर भएसँगै प्रदेशमा राजनीतिक सरगर्मी बढेको छ । एमालेका चार सांसदमाथिको कारबाही सदर भए पनि प्रदेशसभामा प्रदेश सरकारको पक्षमा प्रस्ट बहुमत रहेकाले सरकारको स्थायित्वमा तत्काल कुनै समस्या देखिएको छैन । तर कारबाहीमा परेका एमाले सांसदले तत्काल आफूहरू सरकारबाट फिर्ता नहुने बताएका छन् ।गत वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारलाई ‘फ्लोर क्रस’ गरेर विश्वासको मत दिएका एमालेका चारजना स

सुदूरपश्चिममा एमाले : ओली पक्षद्वारा कारबाही चेतावनी, माधव पक्ष मन्त्री थप्दै

धनगढी : नेपाल कम्युनिष्ट पार्टी एमाले स्थायी कमिटीको सोमबारको बैठकले सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लियो। समर्थन फिर्ता लिँदै सरकारमा सहभागी मन्त्रीलाई समेत सरकारबाट बाहिरिन निर्देशन दियो।तर, त्यो निर्देशन कार्यान्वयन हुन सकेन‌। सुदूरपश्चिममा एमालेको संसदीय दलले केन्द्रको निर्णयविपरीत मन्त्री फिर्ता नहुने अडान राख्दै स्थायी कमिटीको निर्णयलाई नै लत्यायो।ओली पक्षका सांसदले संसदीय दलको निर्णयमा असहमति जनाउँदै आएकोमा एमाले सुदूरपश्चिमले पुन: पत्र

साेमवार ११ बजे बस्ने गरी सकियाे माओवादी केन्द्रकाे केन्द्रीय कमिटी बैठक

काठमाण्डाै – सरकारबाट फिर्ता बोलाउँदा नफर्किएका मन्त्रीलाई कारबाही गर्ने भने पनि माओवादी केन्द्रको आइतवार बसेको केन्द्रीय कमिटी बैठकले यसबारेमा केही निर्णय गरेको छैन । एमालेमा प्रवेश गरेका गृह मन्त्री रामबहादुर थापा, ऊर्जा मन्त्री टोपबहादुर रायमाझीसहित २३ जनालाई अझै कारबाही प्रक्रिया अघि नबढाएको केन्द्रले जनाएको छ । पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकमा कारबाहीबारे छलफल भएको तर कुनै निर्णय नगरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । स्पष्टीकरण सोधेको पत्र बुझेको २४ घण्टाभित्र जवाफ नदिए कार...

माओवादीबाट मन्त्री बनेर सरकारबाट फिर्ता नहुनेलाई माओवादी केन्द्रले कारबाही गर्दै

काठमाण्डौ -  माओवादी केन्द्रले माओवादीबाट सरकारमा गएका र फिर्ता नभएका मन्त्रीहरुलाई कारबाहीको तयारी गरेको छ ।  हिजो बसेको केन्द्रको स्थायी कमिटी बैठकले उनीहरुलाई सरकारबाट फिर्ता हुन र २४ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको थियो । केन्द्रले निर्देशन दिए पनि गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणी थापालगायत मन्त्रीहरु फिर्ता हुनुभएको छैन ।  बिहान ११ बजे बस्ने केन्द्रीय कमिटी बैठकले माओवादीबाट मन्त्री बनेर अहिलेसम्म फिर्ता नभएकाहरुलाई कारबाही गर्ने तयारी भएको केन्द्...