प्रतिगामी तत्वहरू जनताको तागतले परास्त भए : प्रचण्ड

काठमाडौं।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिगामी तत्वहरू जनताको तागतका अगाडि परास्त भएको बताएका छन्।“समाजका विभिन्न समुदायको बलिदानीपूर्ण संघर्षले हासिल गरेका उपलब्धिमाथि पछिल्लो चरणमा देशीविदेशी प्रतिक्रियावादीबाट हमला,समुदायले हासिल गरेका हक अधिकारको कटौती हुने काम भए” बकर इदमा आज शुभकामना वक्तव्य जारी गर्दै प्रचण्डले भनेका छन्–“तर, त्यस्ता प्रतिगामी तत्वहरु जनताको तागत अगाडि परास्त भए।” इदलाई कटौती अघिकारको पुनर्वहालीकोरुपमा मनाउन उनको आग्रह छ।

सम्बन्धित सामग्री

प्रतिगामी र संविधान विरोधी शक्तिहरूलाई यही चुनावबाट पाठ सिकाउनुपर्छ : प्रचण्ड

गोरखा – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड आज (आइतवार) हिमालपारि उपल्लो गोरखाका चुमनुम्ब्री गाउँपालिकाका छेकम्पार, सामागाउँ, सिर्दिबास र माछाखोलाका मतदातासँग भेटघाट गर्नुभएको छ । गोरखाको क्षेत्र नं. १ मा चुमनुम्ब्री गाउँपालिकाका विभिन्न ठाउँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गोरखाका अति विकट क्षेत्रको विकासका लागि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । गोरखाको विकास र समृद्धिका लागि नै आफूले यस पटकको चुनावमा गोरखा आएको बताउँदै प्रचण्डले प्रतिगामी र संविधान विरोधी शक्तिहरूलाई यही च...

चुनावपछि प्रतिगामी र अवसरवादी तत्त्वहरु पराजित हुनेछन् : प्रचण्ड

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले चुनावपछि प्रतिगामी र अवसरवादी तत्त्वहरु पराजित हुने बताउनुभएकाे छ । शनिबार चितवनमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले फेरि प्रतिगमनले टाउको उठाउन नपाउने गरी नेपाली जनताले चुनावमा एकता प्रर्दशन गर्नुपर्ने धारणा राख्नुभएकाे हाे । यस्तै उहाँले सत्तारुढ गठबन्धनका उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजयी गराउन पनि अपिल गर्नु भएको छ ।  प्रतिगामी र अवसरवादी तत्वहरुले फेरि देशमा&nbs...

सदनमा प्रतिगामी षड्यन्त्र जारी : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमा पनि प्रतिगामी षड्यन्त्र भइरहेको बताएका छन् । ५/६ महिनादेखि ‘बिना कारण’ सदनमा अवरोध गरिरहनु प्रतिगामी षडयन्त्रको हिस्सा रहेको उनले बताए ।मंगलबार जनकपुरधाममा मधेस प्रदेशस्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘सदनभित्रको नाटक देख्नुभएकै छ तपाईहरुले । एमाले भन्ने गुटले बिनाकारण सदन अवरुद्ध गरेको ग¥यै छ । मैले संसद विघटन गर्नु जायज थियो, संसदले केही गर्न सक्दैन

‘डे वान’ देखि नै गठबन्धन भत्काउने षड्यन्त्र जारी छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी शक्तिहरु सत्ता गठबन्धन भत्काउन मरिमेटेर लागिरहेको बताएका छन् ।  आइतबार २७ औं जनयुद्ध दिवसका अवसरमा जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धन भत्काउन प्रतिगामी सोच भएकाहरु गठबन्धन उल्ट्याउन लागिरहेको बताएका हुन् ।उनले गठबन्धन बनाउँदा कुनै सर्त नराखेको भन्दै त्यसमा अहिले पनि आफुहरु दृढ रहेको बताए ।  ‘केही तत्वहरु अहिले पनि

प्रतिगामी र प्रतिक्रान्तिकारी षड्यन्त्र रोक्ने यस्ता छन् प्रचण्डका चार उपाय

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी र प्रतिक्रान्तिकारीहरुको षड्यन्त्र रोक्ने चार उपाय अपनाउनुपर्ने बताएका छन् ।  आठौं महाधिवेशनमा आफ्नो राजनीतिक प्रतिवेदन पेश गर्दै अध्यक्ष प्रचण्डले प्रतिगामी तत्वहरु विभिन्न रुपमा सल्बलाइरहेको  भन्दै त्यसका लागि क्रान्तिकारी पार्टीको नाताले विभिन्न उपाय अपनाउन जरुरी रहेको बताएका छन् । यस्ता छन् प्रचण्डका चार उपाय क.) परिवर्तनको प्रमुख वाहक हुनुको नाताले सवभन्दा पहिलो हामीले आफ्नै पार्टीलाई

प्रतिनिधि सभा विघटन पौष ५ गतेको प्रतिगामी कदमको निरन्तरता : प्रचण्ड

नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभाको विघटन गर्ने सरकारको निर्णय विरुद्ध कानूनी र राजनीतिक लडाई लड्ने बताएको छ । प्रतिनिधि सभा विघटन २०७७ पौष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी भएको माओवादीको आरोप छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शनिवार एक वक्तव्य प्रकाशित गरी कोरोना महामारीका कारण देश आक्रान्त भएको समयमा प्रतिनिधि सभा विघटन गर्नु निरंकुश र स्वेच्छाचारिताको पराकाष्टा भएको बताएका हुन् ।  ‘हाम्रो पार्टी राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा भइरहेको यस प्रकारको असंवैधानिक, अ...

संसद विघटन पौष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी: प्रचण्ड

नेकपा माओवादी अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा विघटन गत पौष ५ गतेको प्रतिगामी कदमको निरन्तरताको अर्को कडी भएको टिप्पणी गरेका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डले मध्यरातमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीद्वारा गरिएको प्रतिनिधिसभा विघटनको घोषणालाई असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश र प्रतिगामी कदम ठहर गर्दै घोर विरोध तथा भर्त्सना गरेका छन् । प्रतिनिधिसभाका १४९ सदस्यहरुको हस्ताक्षरसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि राष

कम्युनिष्ट आन्दोलनमा घोर प्रतिगामी प्रवृति देखियो : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालको कम्युनिष्ट आन्दोलनमा घोर प्रतिगामी प्रवृति देखापरेको बताएका छन् । लेनिनको जन्म जयन्ती तथा नेपाल कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रचण्डले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्तिहरुको एकतावद्ध पहलकदमीबाट प्रतिक्रियावादीहरुको प्रतिगामी कदमलाई परास्त गर्न सकिने बताएका हुन् ।उनले भनेका छन्, ‘कम्युनिष्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार