विदेश भ्रमणमा सहमति चाहिनेबारे सरकारले निर्णय गरेको छैन: मन्त्री महतो

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले विदेश भ्रमण प्रवेशाज्ञामा ४० वर्ष मुनिका महिलाका लागि स्थानीय तह र परिवारको सहमति चाहिनेबारे सरकारले कुनै निर्णय नगरेको प्रष्ट पारेका छन् ।मन्त्रालयद्वारा यहाँ आज आयोजित अन्तरक्रियामा मन्त्री महतोले भने– “भ्रमण भिषामा ४० वर्ष मुनिका महिलालाई सहमति चाहिनेबारे सरकारले कुनै निर्णय गरेको छैन, बाहिर मिडियामा आएको समाचारमा कुनै सत्यता छैन, व्यक्तिले चलाएको छलफललाई मात्र बाहिर ल्याउने काम भएको हो, सरकारलाई बदनाम गर्ने क