विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार दिइने

काठमाडौं। सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई समेत मतदानको अधिकार दिन पहल गर्ने भएको छ। न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै सरकारले विदेशमा रहेका नेपालीलाई समेत मतदानको अधिकार दिन पहल गर्ने जनाएको हो। संविधानले दिएको अधिकारको प्रयोग गर्दै विदेशमा रहेका नेपालीहरू समेत मतदानमा सहभागी हुन सम्भव भएको भन्दै २०७४ चैतमा सर्वोच्च अदालतले सरकारका नाममा दिएको निर्देशनात्मक आदेश दिए पनि कार्यान्वयनमा आएको थिएन।

सम्बन्धित सामग्री

सरकारले विदेशमा रहेका नेपालीलाई मताधिकार दिने गरी कानुन बनाउने

सरकारले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुन बनाउने भएको छ । बिहीबार सार्वजनिक भएको १० दलीय गठबन्धन सरकारको नीति तथा कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार सुनिश्चित गर्न कानुनी व्यवस्था गर्ने उल्लेख गरेका छन् ।

विदेशमा रहेका नेपालीलाई पनि मतदानको व्यवस्था गर्न सर्वोच्चको आदेश (पूर्णपाठ)

काठमाडौं : सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई पनि मतदानको व्यवस्था गर्न नेपाल सरकालाई आदेश दिएको छ। विभिन्न उद्देश्‍यले विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार दिनको लागि सर्वोच्चले आइतबार यस्तो आदेश जारी गरेको हो।  अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा न्यायाधीशद्वय सपनाप्रधान मल्ल र ...