अमेरिकामा आजको चुनावमा नेपाली अमेरिकनको उत्साहजनक सहभागिता, धेरैको ध्यान भर्जिनियातिर

अमेरिकामा आजको चुनावमा नेपाली अमेरिकनहरुले पनि उत्साहजनक सहभागिता जनाएका छन् । स्थानीय निकायदेखि गभर्नरसम्मको चुनावका लागि आज मुख्य दिन हो । न्युयोर्क सिटी लगायतले आज मेयर छान्दैछन् भने भर्जिनियामा आज गर्भनर चुनिदै छ । सन् २०२० को चुनावमा जो बाइडेनले जितेको भर्जिनियामा रिपब्लिकन वा डेमोक्रेटिक गभर्नरमध्ये को चुनिने भन्ने विषयले सबैको ध्यानाकर्षण गरेको छ । […]