नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी नदिने घोषणा गरेसँगै संस्थापन इतरबाट डा. शेखर कोइराला र प्रकाशमान सिंह उम्मेदवार बन्ने पक्का भएको छ ।
सहमतिको प्रयास सफल बन्न नसकेपछि संस्थापनइतरबाट दुई जनाको उम्मेदवारी पर्ने भएको हो ।
सभापतिको प्रतिस्पर्धाबाट पौडेल बाहिरिएपछि संस्थापनइतरले कोइरालाको नेतृत्वमा प्यानल बनाउने तयारी गर्दैछ । पौडेलको समर्थन शेखर कोइरालालाई रहने भएको छ ।
‘रामचन्द्र दाइको समर्थनमा शेखर दाइको नेतृत्वमा प्यानल बनाउने तयारी भएको छ । केहीबेरमा उम्म...