सुकुम्बासी

जनसेना समायोजन पूर्वलडाकु प्रमाणीकरणमा श्रीमतीसँगै म अयोग्य ठहरिएँ। सर्वहारा वर्गको मुक्तिको लागि लडेको जनयुद्धको उपलब्धि जोगाउने महान अवसर एकातिर पन्छाएर बुर्जुवा र दलाल पुँजीवादसँग घाँटी जोड्ने नेतृत्वलाई धिक्कार्नबाहेक के नै गर्न सकियो र ?

सम्बन्धित सामग्री

उपत्यकाका सुकुम्बासी ऋण लिएर पनि व्यवस्थित गर्छु : शहरीमन्त्री झाक्री

काठमाडौं : शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौं उपत्यकाका ३२ वटा सुकुम्बासी बस्तीलाई सरकारले बजेट निकासा नगरे ऋण खोजेर भए पनि  व्यवस्थित गर्ने बताएकी छन्।डेमोक्रेसी रिसोर्स सेन्टर र मार्टिन चौतारीले मंगलबार गरेको भर्चुअल छलफल ‘कहाँ पर्छन् शहरी योजनामा भूमिहीन सुकुम्बासी ?’ मा उनले यस्तो बताएकी हुन्।संरचना निर्माणका लागि यसै वर्ष प्रक्रिया अघि बढाउने उनले बताइन्।उनले भनिन्, ‘काठमाडौंका विभिन्न ३२ सुकुम्बासी बस्ती व्यवस्थित गर्ने कार्यक्रम

सुकुम्बासी बस्तीमा केएमसीले गर्यो निःशुल्क स्वास्थ्य शिविर

काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले काठमाडौं महानगरपालिका–३१ जागृति टोलस्थित सुकुम्बासी बस्तीमा बिहिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सुकुम्बासी परिवारलाई लक्षित गरेर केएमसीले स्थानीय एसुरेन चर्चको प्राङ्गणमा एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा सो बस्तीका ७९४ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । शिविरमा १९७ जना विरामीको रक्त परीक्षण, १७५ जनाको भिडियो एक्सरे र १६४ जनाको इसीजी गरिएको छ ।&nb

सुकुम्बासी समस्या दिगो रुपमा समाधान गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

जनता समाजवादी पार्टी (जसपा) नेपालका सङ्घीय परिषद् अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सुकुम्बासी समस्या दिगोरुपमा समाधान गर्नुपर्ने बताएका छन् । पत्रकारसँग आज यहाँ कुराकानी गर्दै उनले वास्तविक सुकुम्बासीहरुको पहिचान गरी तिनीहरुको समस्या समाधानका लागि सरकारले काम गर्नुपर्ने बताए। उनले भने, “सुकुम्बासी समस्या समाधानका लागि सरकारको स्पष्ट नीति नहुँदा समस्या आयो ।” आइतबार बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटना गलत भएको भन्दै उनले सुकुम्बासी समस्या समाधान गर्नत

सुकुम्बासी आयोगकाे अध्यक्षमा निरौला नियुक्त

काठमाडौँ । सरकारले सुकुम्बासी समस्या समाधान आयोग गठन गरेको छ । नेपाल शिक्षक संघका पूर्वकेन्द्रीय अध्यक्ष केशव निरौलालाई आयोगको अध्यक्ष नियुक्त गरिएको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्षमा नियुक्त गरेको स्रोतले जनाएको छ ।

सुकुम्बासी

दुई तले आरसिसी ढलान पक्की घर। बाहिर खासै रङ रोगन नभए पनि भित्र कुनै सम्भ्रान्त वर्गकै घर जस्तै थियो। मैले अप्ठ्यारो मानीमानी सोधेँ- 'सर, यो जग्गा त…' उनले म पूरा बोल्न नपाउँदै भनेँ- 'हजुर सर, यो ऐलानी जग्गा हो। नगरपालिकाको १३ वार्ड। अहिले नयाँ नाम छ शान्तिनगर, नत्र पहिले सुकुम्बासी वस्ती भन्थे।'

जमिनमा व्यक्तिगत स्वामित्व रहेसम्म सुकुम्बासी समस्या हल हुँदैन : गौतम

काठमाडौं : नेकपा (एमाले) का उपाध्यक्ष वामदेव गौतमले जमिनमा व्यक्तिगत स्वामित्व कायम हुँदासम्म सुकुम्बासी समस्या समाधान नहुने बताएका छन्। राष्ट्रियसभाको आजको बैठकमा गौतमले खण्डीकरण गरिएका जमिनलाई राज्यले खरिद गरेर चक्लाबन्दीसहित कृषि उत्पादकत्व बढाउनुपर्ने बतएका हुन्। विसं २०५१ देखि हालसम्मका विभिन्न सरकारले पटकपटक सुकुम्बासी आयोग गठन गरेर जमिन बाँड्ने योजना बनाए…

गण्डकी प्रदेशमा १ लाख ५ हजार सुकुम्बासी

गण्डकी प्रदेशमा करिब १ लाख ५ हजार सुकुम्बासी भेटिएका छन् । भूमि सम्बन्धी समस्या समाधान आयोग समक्ष गण्डकी प्रदेशका १ लाख ४ हजार ९ सय ९७ जनाले सुकुम्बासी रहेको दाबी गर्दै जग्गा प्राप्तिका लागि आवेदन दिएका छन् ।...

तीनपैनीको सुकुम्बासी बस्ती बाढीकाे जोखिममा

तटबन्ध निर्माणका लागि भन्दै विराटनगरस्थित सिंघीया खोला किनारमा गहिरो खाडल खनेर लथालिङ्ग छाडिएपछि तीनपैनीको सुकुम्बासी बस्ती जोखिममा परेको छ। घर पछाडि खनिएको गहिरो खाडलका कारण खोलामा आउने बाढीले जुनसुकै बेला बस्ती कटान गर्नसक्ने भएपछि स्थानीबासीमा त्रास सिर्जना भएकाे छ। विराटनगर महानगरपालिकाको वडानम्बर २ तीनपैनीको उत्तर–पुर्वी सिमान्त सुकुम्बासी बस्तीमा यतिखेर त्रासको अवस्था छ। लगातार वर्षा भइरहेको […]

जसलाई मेलम्चीको बाढीले सुकुम्बासी बनायो

हेलम्बु / बेंसीमा सडक विस्तारसँगै गाउँको जग्गा बेचबिखन गरी १८ वर्षअघि हेलम्बु–२ ढोडेनीबाट किउलको गणेशे बगर झरेका थिए, धनबहादुर तामाङ। तर, मेलम्ची खोलामा असार १ गते आएको बाढीले घर र साढे चार रोपनी खेत बगाएपछि धनबहादुर सुकुम्बासी भएका छन्। यससँगै छोराछोरीलाई राम्ररी पढाउने सपनासमेत बाढीले बगाएको छ। उनीहरू यति बेला छिमेकीसँगै टेन्ट हालेर बसेका छन्।... The post जसलाई मेलम्चीको बाढीले सुकुम्बासी बनायो appeared first on Purbeli News.