गोरखामा सर्वदलीय बैठकबाट काँग्रेस प्रतिनिधि हतियारसहित पक्राउ

गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् ।  बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट काँग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ‘निर्वाचन अधिकृतको कार्यालयमा सर्वदलीय बैठक बोलाइएको रहेछ । बैठकमा काँग्रेसको तर्फबाट प्रतिनिधि भएर गएका मनोज गुरुङको झोलाबाट खुकुरी फेला परेको छ । उनलाई हाम्रो टोलीले नियन्त्रणमा लिएर राखेको छ’, श्रेष्ठले भने

सम्बन्धित सामग्री

गोरखामा सर्वदलीय बैठकबाट कांग्रेस प्रतिनिधि हतियारसहित पक्राउ

अश्विन दानी/गोरखा, २८ वैशाख : गोरखामा सर्वदलीय बैठकबाटै कांग्रेसका प्रतिनिधि हतियारसहित पक्राउ परेका छन् । बुधबार बिहान करिब ११ बजे गण्डकी गाउँपालिकाबाट कांग्रेसका प्रतिनिधि मनोज गुरुङ हतियारसहित पक्राउ परेको घ्याल्चोक प्रहरी चौकीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । ‘निर्वाचन अधिकृतको कार्यालयकमा सर्वदलीय बैठक बोलाइएको रहे छ । बैठकमा कांग्रेसको तर्फबाट प्रतिनिधि भएर गएका […]