‘उपसभामुख चाहिएन भने उपसभामुख पद नै खारेज गरौँ’ : सांसद सिंह

काठमाडौं- नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले उपसभामुख पद खारेजीको माग गरेका छन् । बुधबार प्रतिनिधि सभामा बोल्दै सांसद सिंहले उपसभामुख नचाहिए यो पद नै खारेज गर्नुपर्ने बताएका हुन् ।  उनले भने, ‘कस्तो संसदीय व्यवस्था अगाडि बढाउन खोजेका छौँ ? उपसभामुख चाहिएन भने उपसभामुख पद नै खारेज गरौँ । चाहियो भने उपसभामुखको निर्वाचन किन भएन ?’। […]

सम्बन्धित सामग्री

उपसभामुख पद खारेज गरौं : अमरेशकुमार सिंह

सत्तारुढ दल नेपाली काँग्रेसका सांसद डा.अमरेशकुमार सिंहले उपसभामुख पद खारेज गर्न माग गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद सिंहले उपसभामुख पदका कारण खर्च बढ्छ भने सो पद खारेज गर्दा उपयुक्त हुने तर्क समेत गरे । उपसभामुख चाहिएको भए सो पदमा आजसम्म किन नियुक्ति भएन पनि उनले प्रश्न समेत गरे ।सांसद सिंहले प्रतिनिधिसभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समिति खारेज गरेर त्यहाँका सदस्यहरुलाई अर्को समितिमा राख्ने व्यवस्था गर्न पनि सभामुख अग्निप्रसाद सापकोटाको ध्यानाकर्षण गराए ।

उपसभामुख पद खारेज गराैं: सांसद सिंह

सांसद सिंहले उपसभामुख पदका कारण खर्च बढछ भने सो पद खारेज गर्दा उपयुक्त हुने तर्क समेत गरे। उपसभामुख चाहिएको भए सो पदमा आजसम्म किन नियुक्ती भएन पनि उनले प्रश्न समेत गरे।...