सिरियाली राष्ट्रपति चीन भ्रमणमा

हाङ्झाउ (चीन), ४ असोज । सिरियाका राष्ट्रपति बसर अल–असद चीन भ्रमाणका क्रममा बिहीबार झेजियाङ प्रान्तको राजधानी हाङझाउ पुगेका छन् । राज्य प्रसारण संस्था चाइना सेन्ट्रल टेलिभिजनका अनुसार सिरियाली नेताको यो दुई दशकपछिको पहिलो औपचारिक चीन भ्रमण हो । राष्ट्रपति सी चिनफिङसँग शनिबार एसियाली खेलकुद प्रतियोगिताको उद्घाटन समारोहमा सिरियाली राष्ट्रपतिले भाग लिनेछन् । यही असोज ५ […]

सम्बन्धित सामग्री

चीन र सिरियाका विदेशमन्त्रीबीच भेटवार्ता

चीन र सिरियाका विदेशमन्त्रीले द्धिपक्षीय सम्बन्धको थप सुदृढ गर्ने विषयमा सहमत हुनुभएको छ । उहाँहरुबीच शनिबार सिरियाको दमासकसमा भेटवार्ता भएको थियो । उहाँहरुबीच आपसी सहयोग र समझदारी बढाउने विषयमा सहमति भएको हो । चिनियाँ विदेशमन्त्री वाङ यी हाल सिरियाको भ्रमणमा हुनुहुन्छ । उहाँले शनिबार दमासकसयमा सिरियाली विदेशमन्त्री फाइजल मेकदादसँग भेटवार्ता गर्नुभएको थियो । यी दुई देशबीच ६५ वर्ष अघि नै कूटनीतिक सम्बन्ध स्थापना भएको स्मरण गर्दै चीन र सिरियाबीचको यो लामो सम्बन्ध सुमधुर रहेको बताउनुभएको थियो ।