पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलन फिर्ता

नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पूर्वघोषित आन्दोलन फिर्ता लिएको छ । नेपाल आयल निगमले माग पूरा हुने प्रक्रियामा रहेकाले आन्दोलन फिर्ता लिने आग्रह गरेसँगै महासंघले आन्दोलन फिर्ता लिएको हो । यसअघि महासंघले सोमबारदेखि आन्दोलनमा होमिने घोषणा गरेका थिए । २०७८ चैत १९ गते मध्यरातमा नेपाल आयल निगम र महासंघबीच भएको सम्झौता निगमले कार्यान्वयन नगरेको भन्दै महासंघले आन्दोलनका कार्यक्रम घोषणा गरेको थियो । आजै नेपाल आयल निगमल तत्काललाई आन्दोलन फिर्ता गर्न अनुरोध गरेको थियो । निगमले संचालक समिति

सम्बन्धित सामग्री

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौं । पेट्रोलियम पदार्थको ढुवानी भाडा समयसापेक्ष वृद्धि गर्ने सहमति भएसँगै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारीको छलफलपछि ढुवानी भाडा समायोजनसम्बन्धी विषय आगामी असोज ७ गतेसम्म लागू गर्ने सहमति भएको हो । सहमतिपश्चात् व्यवसायीले आन्दोलनका कार्यक्रम स्थगित […] The post पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

काठमाडौँ । पेट्रोलियम पदार्थको ढुवानी भाडा समयसापेक्ष वृद्धि गर्ने सहमति भएसँगै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा, मन्त्रालय, नेपाल आयल निगम तथा नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासङ्घका पदाधिकारीको छलफलपछि ढुवानी भाडा समायोजनसम्बन्धी विषय आगामी असोज ७ गतेसम्म लागू गर्ने सहमति भएको हो ।

पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता, तीन बुँदे सहमति

पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन् । दशैँको मुखमा व्यवसायीहरुले आफ्नो माग पूरा गर्न दबाब दिँदै आन्दोलन थालेकाेमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तापछि व्यवसायी आन्दोलन फिर्ता लिन सहमत भएका हुन् । सहमतिअनुसार आजैबाट आन्दोलनका कार्यक्रम स्थगित गरी ढुवानी सेवा सूचारु गर्ने निर्णय भएको छ । सहमतिपत्रमा आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष खगेश्वर बोहराको हस्ताक्षर छ । तीन बुँदे स

पेट्रोलियम ढुवानी व्यवसायीलाई आन्दोलन फिर्ता लिन निगमको आग्रह

२४ भदौ, काठमाडौं । नेपाल आयल निगम लिमिटेडले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको छ । निगमले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै महासंघलाई आन्दोलनको कार्यक्रम फिर्ता लिन आग्रह गरेको हो । महासंघले शुक्रबारदेखि भारतबाट ल्याउने पेट्रोलियम पदार्थको पीडीओ नलिने घोषण गरेको थियो भने शनिबारदेखि देशभर ढुवानी रोक्ने बताएको छ । महासंघको […]

निगमको आग्रहपछि पेट्रोलियम ढुवानी व्यवसायीहरुले आन्दोलन फिर्ता लिए

काठमाडौँ– नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले नेपाल आयल निगमविरुद्ध पूर्वघोषित आन्दोलन फिर्ता लिएको छ । निगमले माग पूरा हुने प्रक्रियामा रहेकाले आन्दोलन फिर्ता लिने आग्रह गरेसँगै महासंघले आन्दोलन फिर्ता लिएको हो । निगमले आइतबार महासंघलाई पत्र पठाएर माग पुरा हुने प्रक्रियामा रहेकाले फिर्ता लिन आग्रह गरेको थियो । यस विषयमा थप निर्णय साउन २२ गते […]

पेट्रोलियम चालक संघको आन्दोलन फिर्ता

काठमाडौं । नेपाल पेट्रोलियम चालक संघले आन्दोलन फिर्ता गरेको छ । विभिन्न माग राख्दै आन्दोलनमा रहेका चालकहरू, नेपाल आयल निगम, डिपो प्रमुख, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सहमति भएपछि आन्दोलन फिर्ता लिएका हुन् । नेपाल आयल निगमका कार्यवाहक महाप्रबन्धक वीरेन्द्र गोइत, प्रवक्ता विनितमणि उपाध्याय, डिपो प्रमुख सैलेन्द्र भुसाल, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका सचिव विष्णु […]

पेट्रोलियम व्यवसायीको आन्दोलन फिर्ता

चैत १९, काठमाडौं । पेट्रोलियम व्यवसायीले आन्दोलन फिर्ता लिएका छन् । शनिवार आयल निगम र पेट्रोलेमिय व्यवसायीबीच भएको छलफलपछि आन्दोलन फिर्ता लिएका हुन् । नेपाल एलपी ग्यास उद्योग संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले निगमसँग छलफल भएर एक किसिमको सहमति बनेपछि आन्दोलन फिर्ता लिने निर्णय गरिएको जानकारी दिए । छलफलपछि निगमका प्रवक्ता विनितमणि उपाध्याय र राष्ट्रिय पेट्रोलियम संस्थागत समितिका प्रवक्ता ज्ञानेश्वर अर्यालले पनि विज्ञप्ति जारी गर्दै सहमति भएकाे जानकारी गराएका छन् । छलफलपछि निगम र व्यवसायीले  संयुक्त रुपमा जारी गरेको विज्ञप्ति: संयुक्त प्रेस विज्ञप्ति मितिः २०७८/१२/१९ १) आज मिति २०७८/१२/१९ गते शनिवार निगमको केन्द्रीय कार्यालय, टेकुमा राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले मिति २०७८/११/२३ मा निगम समक्ष पेस गरेको मागहरूका सम्बन्धमा निगम व्यवस्थापन र समन्वय समितिका पदाधिकारीहरू विच भएको वार्ता तथा छलफलमा भएको सहमति बमोजिम पेश गरिएका मागहरू मध्ये बुँदा नं. ५ मा रहेको पेट्रोलियम विक्रेता कमिशन सम्बन्धी र बुँदा नं।.६ को एलपी ग्यासको ढुवानी भाडा समायोजन सम्बन्धी मागको सम्बन्धमा ७ (सात) दिन भित्र उचित निष्कर्ष निकाल्ने तथा अन्य पेट्रोलियम कारोबारसँग सम्बन्धित मागको सम्बन्धमा जेष्ठ १५ (पन्ध्र) सम्ममा सक्नेगरी आवश्यक कार्य गर्ने सहमति भयो । २) आन्दोलनरत नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशन, नेपाल एलपी ग्यास उद्योग संघ र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले सार्वजनिक गरेका सबै विरोधका कार्यक्रमहरू आजैको मितिदेखि स्थगन गरी पेट्रोलियम पदार्थ तथा एल।पी। ग्यासको ढुवानी तथा बिक्री वितरणको कार्यलाई यथावत् रूपमा सञ्चालन गर्ने सहमति भयो । ३) पेट्रोलियम पदार्थका उपभोक्ताहरूलाई सहज र सरल ढङ्गले पेट्रोलियम पदार्थ उपलब्ध गराउन निगमका सम्पूर्ण डिपो कार्यालयहरू भोलि मिति २०७८/१२/२० गते आइतवार बिहान ८ बजेबाट नै सञ्चालन गरिने व्यहोरा जानकारी गराउँदछौं । ४) हाल गर्मीयाम सुरू भई सकेकोले अत्यन्त प्रज्वलनशील पेट्रोलियम पदार्थ आवश्यक परिमाणमा मात्र खरीद गर्नुहुन एवं अनावश्यक सञ्चिति नगरिदिनु हुन समेत आम उपभोक्तावर्गमा अनुरोध गर्दछौं । धन्यवाद ।

भाडा समायोजन गर्ने सहमतिसँगै पेट्रोलियम ढुवानी व्यवसायीको आन्दोलन फिर्ता

१० भदौ, काठमाडौं । प्राविधिक प्रतिवेदनको आधारमा पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजन गर्न नेपाल आयल निगम र पेट्रोलियम ढुवानी व्यवसायीबीच समझदारी भएको छ । नेपाल आयाल निगम र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच बिहीबार भएको वार्तामा सहमित भएसँगै व्यवसायीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् । लामो समयदेखि ढुवानी भाडा नबढेको भन्दै आन्दोलित व्यवसायीले मंगलबारदेखि देशका […]