सर्वोच्च अदालतमा सुरक्षा बढाइयो, ‘केरकार’ गरेरमात्रै प्रवेश !

काठमाडौं । सर्वोच्च अदालतमा सुरक्षा बढाइएको छ । अदालत परिसरमा हिजोभन्दा बढी प्रहरी परिचालन गरिएको छ भने प्रवेशमा पनि कडाइ गरिएको छ । प्रवेश पास भएकाहरुलाई पनि ‘केरकार’ गरिएको छ । न्यायाधीश, नेपाललगायतले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले मार्ग प्रशस्त गर्नुपर्ने धारणा राख्दै आएका छन् । तर प्रधानन्यायाधीशले राजीनामा नदिने अडान राख्दै बुधबार पनि सर्वोच्चमा...

सम्बन्धित सामग्री

प्रचण्ड सर्वोच्च अदालतमा

काठमाडौं, २९ पुष । आफ्नो पार्टी परित्याग गरी नेकपा (एमाले) प्रवेश गरेका जनप्रतिनिधिहरुलाई पदमुक्त गरान नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालत पुगेका छन् । यसअघि निर्वाचन आयोगबाट पदमुक्त गरेका स्थानीय तहका जनप्रतिनिधिलाई पुनर्वहाली गर्ने सर्वोच्चको अन्तरिम आदेश दिको थियो । उक्त आदेश खारेज गर्न माग गर्दै प्रचण्ड आज अदालत पुगेका हुन् । […]

सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच धक्कमधक्का (तस्बिरहरु)

सर्वोच्च अदालतमा प्रहरी र कानुन व्यवसायीबीच धक्कमधक्का भएको छ । मंगलबार बार एशोसिएशनको अगुवाइमा विरोध प्रदर्शनका लागि सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्ने प्रयास गरेको थियो ।बार एशोसिएसनले केही दिन यता दैनिक सर्वोच्च अदालत परिसरमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै प्रदर्शन गर्दै आएको छ । सोही क्रममा मंगलबार बार एशोसिएशनबाट सर्वोच्च परिसरमा प्रवेश गर्न खोजेका कानुन व्यवसायीलाई प्रहरीले रोक्न खोजेको थियो ।प्रहरीसँगको धक्कमधक्काका बीच क

सर्वोच्च अदालतमा चर्केको विवादमा किन मौन छन् दलहरू !

काठमाडौँ– प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथि राजीनामाको दबाब झन् झन् बलियो बन्दै गएको छ । नेपाल बार असोसिएनशनले जबरालाई सर्वोच्च अदालतमा प्रवेश निषेधसम्मको चेतावनी दिएको छ । सर्वोच्चका सबै न्यायाधीश र बारले जबरालाई बहिस्कार गरेका छन् । बन्दी प्रत्यक्षीकरणबाहेकको कुनै पनि सुनुवाइ हुन सकेको छैन । दुई सातादेखि अदालत अवरुद्ध छ । जबरामाथि महाअभियोग लगाउन राजनीतिक […]

राजनीतिक दल सम्बन्धि अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा ५ वटा रिट

काठमाडौं : सरकारले दल विभाजनलाई सहज बनाउने गरी राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएको भन्दै त्यसविरुद्ध सर्वोच्च अदालतमा कानुन व्यवसायीहरु पुगेका छन्। आज बिहान अधिवक्ताहरु अनुप अर्याल, प्रवेश केसी, सकुन्तला भुषाल लगायतले अध्यादेशविरुद्ध रिट निवेदन लिएर सर्वोच्च अदालत पुगेका हुन्। रिट निवेदन यो समचार तयार पार्दासम्म दर्ता भने भइसकेको छैन। राष्ट्रपति विद्यादेवी…

राजनीतिक दलसम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन

सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशका विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदनको ओइरो लाग्न थालेको छ । सर्वोच्च अदालतमा उक्त अध्यादेशविरुद्ध हालसम्म पाँचवटा रिट निवेदन पेस भइसकेको छ । अधिवक्ता प्रवेश केसी लगायतले रिट निवेदन पेस गरेका हुन् ।सरकारले मंगलबार राजनीतिक दल विभाजनको प्रावधानलाई खुकुलो तुल्याउने गरी अध्यादेश ल्याएको थियो भने राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार उक्त अध्यादेश प्रमाणीकरण गरेकी छन् ।सरकारले ल्याएको सो अध्यादेशको चौतर्फी विरोध भइरहँदा सोही अध्यादेश अनुसार नेकपा एमाले

टोपबहादुर रायमाझी भन्छन्, ‘एमाले प्रवेश गरेको छैन, माओवादीमै छु’

बुधबार सर्वोच्च अदालतमा सांसद् पदको पुनर्बहालीको माग गर्दै दायर गरेको रिटमा रायमाझीले आफूले औपचारिक रुपमा एमाले प्रवेश नगरेको बताउनुभयो ।

म एमाले प्रवेश गरेको छैन, माओवादीमै छु– टोपबहादुर रायमाझी

काठमाडौं। नेकपा एमालेका नेता टोपबहादुर रायमाझीले आफु एमालेमा प्रवेश नगरेको भन्दै माओवादी केन्द्रमै रहेको दावी गरेका छन्। बुधबार सर्वोच्च अदालतमा सांसद पद कायम राखिदिन भन्दै दायर गरेको रिटमा रायमाझीले आफू एमालेमा प्रवेश नगरेको दाबी गरेका हुन। रिटमा उनले लेखेका छन्–“नेकपा एमालेमा म आजसम्म औपचारिकरुपमा प्रवेश गरेको छैन,पार्टी सदस्यता लिएको छैन। नेकपा माओवादीको सदस्य छु।”पार्टीले कारबाही गर्दा स्पष्टीकरण नसोधेको उनले बताए।

सांसद पद पुनर्वहालीको माग गर्दै पूर्वमाओवादीका चार नेता सर्वोच्च अदालतमा

प्रतिनिधि सभा सदस्य पुनर्वहालीको माग गर्दै नेकपा माओवादीबाट निर्वाचित भएर कारवाहीमा परेका चार पूर्व सांसद सर्वोच्च अदालत गएका छन् ।  माओवादी केन्द्रले सांसदबाट कारवाही गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।  पार्टी छाडेर एमालेमा प्रवेश गरेको भन्दै माओवादीले उनीहरूलाई सांसदबाट हटाएको थियो । यसअघि उनीहरू माओवादी पार्टी खारेजीको माग गर्दै निर्वाचन आयोग गएका थिए । निर्वाचन आयोगले उनीहरूको निवेदन खारेज गरिदिएको थियो ।  माओवादी छाड...

माओवादीबाट एमाले प्रवेश गरेर मन्त्री भएका सातजनाविरुद्ध सर्वोच्चमा रिट

माओवादी केन्द्र छोडेर एमाले प्रवेश गरेपछि पुनः मन्त्रीमा नियुक्त भएका सातजनाविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता विराज थापाले संविधानविपरीत पुनः दोस्रोपटक मन्त्रीमा नियुक्त भएका रामबहादुर थापा, टोपबहादुर...