महालक्ष्मी विकास बैंकको क्रेडिट कार्ड सेवा शुरु

काठमाडौँ : महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मद्देनजर गरी आजदेखि भिसा क्रेडिट कार्ड सेवा शुरु गरेको छ।‘सबल बैंक, सफल सहकार्य’को नारा रहेको गुणस्तरीय वित्तीय सेवा दिँदै आएको बैंकले आफ्नो २९ औं वार्षिकोत्सवको अवसरमा उक्त सेवा शुरु गरेको हो।बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात गरी थप अत्याधुनिक सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच जनतामा पुर्‍याउने प्रतिबद्धता व्यक्त ग

सम्बन्धित सामग्री

महालक्ष्मी विकास बैंकका ग्राहकलाई एपोलो डाइग्नोस्टिक सेन्टरमा आकर्षक छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले एपोलो डाइग्नोस्टिक नेपाल प्रालिका सेवाहरुमा विशेष छुट पाउने भएका छन् । काठमाडौंको धुमबाराहीमा रहेको एपोलो डाइग्नोस्टिक सेन्टर र बैंकबीच छुट उपलब्ध गराउने विषयमा सम्झौता भएको छ । सम्झौतासँगै महालक्ष्मी विकास बैंकको डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाका विभिन्न स्वास्थ्य सेवाहरुमा विशेष छुट […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवा छूट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने उद्देश्यले विभिन्न स्थानमा अवस्थित संस्थासँग सम्झौता गरेको छ । सम्झौतापश्चात् बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवामा विशेष छूट पाउने बताइएको छ ।  सम्झौता अनुसार भुंग्रो थकालीमा १० प्रतिशत,े एन्जल ज्वेलर्समा ४०, गाउँले चुलोमा १०, एगिलस डाइग्लोस्टिकमा १५, पल्पसा प्याराडाइज होम्समा १०, एक्स्प्रेस म्याग्दी होटलमा १०, क्विक ट्वेन्टी हाउस होटलमा १० प्रतिशत र हिमालयन स्वीट एण्ड बेकरीका समेत छ्रूट पाइने बताइएको छ । यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोगकर्र्ता ग्राहक प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकको छ ।

महालक्ष्मी विकास बैंकका ग्राकहलाई विभिन्न सेवामा छुट

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, श्रृँगार र होटल तथा रेष्टुरेन्ट क्षेत्रका संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्न विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौतासँगे महालक्ष्मी विकास बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्ने बैंकले जनाएको छ । बैंकले धापाखेलको सुमेरू […]

विभिन्न संस्थामा महालक्ष्मी विकास बैंकका ग्राहकलाई छुट

काठमाडौं– महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता गरेको छ । सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले ती संस्थाका विभिन्न सेवामा छुट प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङको प्रयोगमा सहज बनाउन ती संस्थासँग सहकार्य गरेको जनाएको छ ।

महालक्ष्मी विकास बैंकद्वारा क्रेडिट कार्ड सेवाको शुभारम्भ

महालक्ष्मी विकास बैंक लिमिटेडले ग्राहकको डिजिटल बैंकिङको आवश्यकता र चाहनालाई मध्यनजर गर्दै भिसा क्रेडिट कार्ड सेवाको शुभारम्भ गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच क्रेडिट कार्ड सेवाको उद्घाटन गरेका हुन् । उनले ग्राहकको आवश्यकता, सन्तुष्टि र संस्थागत सुशासनलाई आत्मसात् गर्दै भविष्यमा अझ अत्याधुनिक सरल, सहज र विश्वसनीय […]

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थामा विशेष छुट

काठमाडौँ। महालक्ष्मी विकास बैंक लिमिटेडले रेष्टुरेन्ट तथा श्रृंगारका क्षेत्रसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न संस्थाहरुसँग सम्झौता गरेको छ। सम्झौता पश्चात महालक्ष्मी विकास बैंकका डेविट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुले उक्त संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

मनकामना केबलकारमा महालक्ष्मी विकास बैंकका कार्डबाहकलाई १० प्रतिशत छुट

महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले मनकामना केबलकारले उपलब्ध गराउने सेवामा विशेष छुट पाउने भएका छन् । काठमाडौंको नक्सालमा अवस्थित मनकामना दर्शन प्रालि र बैंकबीच छुटसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौता अनुसार महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरुले कुरिनटारमा सञ्चालित केबुलकार सेवामा १० प्रतिशत छुट प्राप्त गर्न...