देउवा सभापतिमा उठ्ने घोषणाबाट ब्याक हुनुहुन्नः नेता लेखक

काठमाडौं, भदौ १५ । नेपाली कांग्रेसका नेता रमेश लेखकले प्रधानमन्त्री शेरबहादुर देउवाले फेरि पार्टी सभापतिमा उम्मेदवारी दिने बताएका छन् । देउवा आफ्नो घोषणाबाट ब्याक नहुने उनको दाबी छ । आज बिहान नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि पत्रकार ऋषि धमलालाई अन्तर्वार्ता दिँदै नेता लेखकले भने, “प्रधानमन्त्री एवं सभापति देउवाले फेरि उम्मेदवारी दिने बताइसक्नुभएको छ […]