अध्यक्षका लागि ओली र रावलको उम्मेद्वारी दर्ता

 नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशन अन्तर्गत हुने निर्वाचनको लागि केपी ओली र भीम रावलले अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका छन् । ओलीको प्रस्तावकमा विष्णु पौडेल छन् भने समर्थमा  शंकर पोखरेल छन्...

सम्बन्धित सामग्री

ओली र भीम रावलले पनि गरे मतदान

काठमाडौँ - एमालेको नयाँ नेतृत्वका लागि अध्यक्षमा उम्मेद्वारी दिएका केपी शर्मा ओली र भीम रावलले मतदान गरेका छन् । १० औँ महाधिवेशनमा अध्यक्षका लागि दुवै जनाले उम्मेद्वारी दर्ता गराएका थिए । सहमतिका लागि थुप्रै प्रयास भएपनि रावलले उम्मेद्वारी फिर्ता नलिएपछि अन्ततः वर्तमान अध्यक्ष ओली र रावलबीच एमालेको नयाँ अध्यक्षका लागि चुना…

केपी ओली झापामा छैटौं पटक उम्मेदवार

एमाले, माओवादी केन्द्र र राप्रपाबीच तालमेल भएको झापामा तीन दलीय गठबन्धन र काँग्रेसको एकल प्यानलका शीर्ष नेताहरुसहितका उम्मेद्वारले बिहीबार उम्मेद्वारी दर्ता गरेका छन् । प्रतिनिधिसभाका पाँच र प्रदेश सभाका १० वटै क्षेत्रमा सबै उम्मेद्वारले तामझामसहित उम्मेद्वारी दर्ता गराएका छन्।

झापामा हेभीवेट नेताले गराए उम्मेद्वारी दर्ता

आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि झापाका पाँच वटा क्षेत्रमा वाम गठबन्धन तथा नेपाली काँग्रेसका हेभीवेट नेताहरूले उम्मेद्वारी दर्ता गराएका छन्। झापाबाट पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा पूर्वमन्त्री कृष्णप्रसाद सिटौलालगायतले आफ्नो उम्मेद्वारी दर्ता गराएका हुन्।झापा क्षेत्र नम्बर १ मा काँग्रेसका विश्वप्रकाश शर्माले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् भने वाम गठबन्धनबाट एमालेका राम कार्कीले आफ्नो नाम दर्ता गराएका छन् ।