ललितपुरको छबेलीमा निःशुल्क मास्क बैंक स्थापना

ललितपुर । वाग्मती गाउँपालिका–३ भट्टेडाडाँस्थित छबेलीमा मास्क बैंक स्थापना गरिएको छ । प्रहरीचौकी भट्टेडाँडा र साहास नेपाल नामक संस्थाको संयुक्त सहकार्यमा स्थापित सो बैँकबाट निः शुल्क मास्क प्रदान गरिने जनाइएको छ । प्रहरी नायब निरीक्षक श्यामकृष्ण केसीले कोरोनाको जोखिम नियन्त्रण गर्न मास्क वितरण अभियान सुरु गरिएको बताए । छबेली वाग्मतीको मुख्य बजार क्षेत्र हो । […]

सम्बन्धित सामग्री

मास्क बैंक पुनः सञ्चालनमा

झापा । नेपाल रेडक्रस सोसाइटी भद्रपुर उपशाखाले ‘मास्क बैंक’ पुनः सञ्चालनमा ल्याएको छ । कोभिड–१९ को उच्च जोखिम बढेसँगै उपशाखाले मास्क बैंकलाई मंगलवारदेखि सञ्चालनमा ल्याएको हो । बैंक सञ्चालनका लागि भद्रपुर नगरपालिका–९ को बाल सञ्जाल समिति, उज्यालो बाल क्लब समेतको सहकार्य रहेको उपशाखाका सभापति गोपाल गिरीले बताए । उनका अनुसार गत साउन २९ गतेदेखि रेडक्रसले कोरोना संक्रमण न्यूनीकरण गर्ने उद्देश्यले ‘मास्क बैंक’ स्थापना गरेको थियो । बैंकबाट बिहान ७ बजेदेखि १० बजेसम्म स्वयंसेवक खटाएर निःशुल्क रूपमा मास्क वितरण हुँदै आएको छ । बैंकमा विगतमा रेक्रडसका आजीवन सदस्य र विभिन्न दाताले मास्क र मास्क खरिदका लागि नगद दुवै प्रदान गरेका थिए ।  उनका अनुसार मास्क अभियानप्रति आम नागरिकलाई प्रेरित गर्न ‘हुनेले दिएर जाऔं, नहुनेले लिएर प्रयोग गरौं’ भन्ने नाराका साथ भद्रपुर बजार र लक्ष्मी चोकमा बिहान ७ बजेदेखि १० बजेसम्म मेडिकल मास्क वितरण गरिँदै छ । रासस