नेपाल र चीन बीच द्विपक्षीय प्रतिनिधिमण्डल स्तरीय वार्ता शुरु

चैत १२, काठमाडौँ । नेपाल भ्रमणमा रहेका चीनको राज्य परिषद् सदस्य एवम् विदेश मन्त्री वाङ यीसहितको प्रतिनिधिमण्डल र नेपालका परराष्ट्र मन्त्री डा नारायण खड्का नेतृत्वको प्रतिनिधिमण्डल बीच द्विपक्षीय प्रतिनिधिमण्डल स्तरीय वार्ता शुरु भएको छ । ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा दुई देशका प्रतिनिधिमण्डल बीच द्विपक्षीय वार्ता शुरु भएको हो । वार्तामा परराष्ट्र मन्त्री  खड्का नेतृत्वको २५ सदस्यीय प्रतिनिधिमण्डलमा परराष्ट्र, अर्थ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, ऊर्जा, जलस्रोत तथा सिँचाइ, कृषि तथा पशुपन्छी विकास, उद्योग वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, भौतिक पूर्वाधार तथा यातायात, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवसहित परराष्ट्र मन्त्रालयका उच्च अधिकारी सहभागी छन् । त्यस्तै, विदेश मन्त्री वाङ नेतृत्वको १९ सदस्यीय प्रमण्डलमा नेपालका लागि चीनका राजदूत हउ यान्छी, चीनको विदेश मन्त्रालयका सहसचिव वु जिङवाओ, वाणिज्य मन्त्रालयका सहसचिव शेङ कुपिङ, विदेश मन्त्रालयको एशियाली मामिला विभागका महानिर्देशक लिउ जेनसङ, नायब शिष्टाचार महानिर्देशक सोङ जिया र विदेश मन्त्री याङका सचिव देङ झेइ छन् । वार्तापछि दुई देश बीच विभिन्न नौ ओटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ । त्यसमा आर्थिक तथा प्राविधिक सहयोग, प्रसारण लाइनको सम्भाव्यता अध्ययन, चिनियाँ स्वास्थ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुनेछ ।  यस्तै, खोप हस्तान्तरण र मर्मत सम्भार र एवम् स्तरोन्नति गरिएको अरनिको राजमार्ग हस्तान्तरण एवम् घाँस निर्यातलगायत समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ ।  चिनियाँ विदेशमन्त्री वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँगलगायत विभिन्न राजनीतिक दलका नेताहरुसँग पनि  भेटवार्ता गर्न कार्यक्रम रहेको छ । शुक्रवार नेपाल आएका विदेशमन्त्री वाङ आइतवार स्वदेश फर्किनेछन् ।

सम्बन्धित सामग्री

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र चीनबीच बहुआयामिक सम्बन्ध रहेको र नेपाल एक चीन नीतिप्रति पूर्णतः प्रतिबद्ध रहेको बताउनुभएको छ । जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकांग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शुको नेतृत्वमा आएको चिनियाँ प्रतिनिधिमण्डलले आज सिंहदरबारमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा प्रधानमन्त्री देउवाले सो कुरा बताउनुभएको हो । भेटमा प्रधानमन्त्री देउवाले भन्नुभयो- “नेपालको परराष्ट्र नीति पञ्चशीलको …

गृहमन्त्री खाँण भन्छन् : नेपाल एक चीन नीतिको पक्षमा छ

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले नेपाल एक चीन नीतिमा प्रतिवद्ध रहेको बताएका छन्। उनले नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीसँगको शिष्टाचार भेटमा एक चीन नीतिमा नेपालको प्रतिवद्धता व्यक्त गरेका हुन्।गृह मन्त्रालयमा शुक्रबार भएको भेटमा गृहमन्त्री खाँणले नेपाल एक चीन नीतिको पक्षमा रहको बताए। उनले राजदूत यान्छीसँग भने, ‘नेपाल एक चीन नीतिको पक्षमा छ, नेपालभित्र छिमेकी राष्ट्रविरुद्ध कुनै गतिविधि हुन नदिन हामी प्रतिबद्ध छौँ।’उनले नेपाल असंलग्न परराष्ट्र नीति र पञ्चशीलको सिद्धान्त

नेपाल एक चीन नीतिप्रति दृढ छ : प्रधानमन्त्री देउवा

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताउनु भएको छ ।  प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन पनि सरकार सचेत रहेको बताउनु भयो । आज सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले आफूले विगतमा पनि प्रधानमन्त्री हुँदा चीन विरुद्ध सक्रिय नेपालको एक संस्थालाई रोक लगाएको दाबी समेत गर्नुभयो । प्रधानमन्त्री देउवाले बीआरआईलगायतका विकास सहायता लिने विषयमा पनि सरकारले बुद्धिमतापूर्ण निर्णय लि...

प्रधानमन्त्री देउवाले भनेः नेपाल एक चीन नीतिप्रति दृढ छ

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार नेपाल एक चीन नीतिप्रति दृढ रहेको बताएका छन्। प्रधानमन्त्री देउवाले छिमेकी मित्र राष्ट्रविरुद्ध नेपालको भूमि प्रयोग हुन नदिन पनि सरकार सचेत रहेको बताएका हुन्। शनिबार सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले आफूले विगतमा पनि प्रधानमन्त्री हुँदा चीनविरुद्ध सक्रिय नेपालको एक संस्थालाई रोक लगाएको दाबीसमेत […]

प्रधानमन्त्रीलाई ओलीको प्रश्न – नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ कि छैन ?

काठमाडौँ–  पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ या छैन भनेर  प्रधानमन्त्री देउवालाई प्रश्न गरेका छन् । सरकारको नीति तथा कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले आज सरकारले एक चीन नीतिप्रति प्रश्न उठाउने अवस्था बनाएको बताएका हुन् । गठबन्धन जोगाउने नाममा म्यादी सरकारले परराष्ट्र नीतिमा पक्षधरता लिएको आरोप पनि […]

प्रधानमन्त्री देउवालाई अध्यक्ष ओलीको प्रश्न : नेपाल एक चीन नीतिमा छ कि छैन ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायकमन्त्री तिब्बती शरणार्थी क्याम्पमा गएकोमा आपत्ति जनाएका छन् । सरकारले विदेश नीति लिएको देखिएको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रश्न गरेका छन्, ‘नेपाल एक चीन नीतिमा छ कि छैन ?’

नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिप्रति सदैव प्रतिवद्ध रहेको बताउनुभएको छ । चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले नेपाल–चीन सम्बन्ध प्राचीनकालदेखिको रहेको र यसमा हिमालय हुँदै साँस्कृतिक सम्बन्ध गहिरो रुपमा गाँसिएको उल्लेख गर्नुभएको छ । ग्लोबल टाइम्सको बिहीबारको संस्करणमा राष्ट्रपति भण्डारीको अन्तर्वार्ता प्रकाशित भएको छ । अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले […]

नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिन्छ : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताएकी छन् । राष्ट्रपति भवन शीतल निवासमा सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्दै राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनका जायज चासो र सरोकारहरूप्रति नेपाल सधैँ संवेदनशील रहेको स्पष्ट पारेका हुन् ।कार्यक्रममा राष्ट्रपति पूर्वाधारको पनि पूर्वाधारका रूपमा रहेको शिक्षा क्षेत्रको विकासमा चीन सरकारले प्रदान गर्दै आएको सहयोगका लागि आभार प्रकट गर्दै यस क्षेत्रमा हाम्रो साझेदारीलाई थप सघन

नेपाल ‘एक चीन नीति’को पक्षमा सदैव उभिने : राष्ट्रपति भण्डारी

काठमाडौं, असोज ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल एक चीन नीतिको पक्षमा सदैव उभिने बताउनु भएको छ । राष्ट्रपति भवन शितल निवाशमा ‘सी चिनफिङः चीनको शासन व्यवस्था, खण्ड २’ को नेपाली संस्करण पुस्तकको लोकार्पण गर्दै नेपालको एक चीन नीतिमा सधै उभिएको बताउनु भएको हो । कार्यक्रममा राष्ट्रपति भण्डारीले मित्र राष्ट्र चीनका जायज चासो र सरोकारहरूप्रति […]

प्रचण्डले भने, नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध छ

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताएका छन्। चिनियाँ कम्युनिष्ट पार्टी र नेपालका राजनीतिक दलका नेताहरुबीच भर्चुअल छलफलका क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्। "नेपालले चीनबाट थप खोपको अपेक्षा राखेको छ। चीनसँग विगतमा भएको सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने जरुरुी छ," उनले भने।