धनकुटामा शङ्कास्पद वस्तु फेला

धनकुटा :  धनकुटा नगरपालिका ९ बेलाहारामा शंकास्पद वस्तु फेला परेको छ। बेलाहारामा रहेका प्रहरी चौकी भन्दा डेढ किलोमिटर उत्तरमा शंकास्पद वस्तु फेला परेको हो। जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी लक्ष्मी राज अधिकारीले शंकास्पद वस्तु फेला परेको र नेपाली सेनाको डिस्पोजल टोली गएको जानकारी दिए। उनका अनुसार शंकास्पद वस्तु बम नै हो या तर्साउन राखिएको वस्तु मात्रै हो भन्ने एकिन भएको छैन। ।

सम्बन्धित सामग्री

काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा शङ्कास्पद वस्तु फेला

काठमाण्डौ - काठमाण्डौ उपत्यकाका विभिन्न ठाउँमा शङ्कास्पद वस्तु फेला परेका छन् । ललितपुरको जावलाखेल स्टाफ कलेज अगाडि राखिएको प्रेसर कुकर बम नेपाली सेनाले डिस्पोज गरेको छ । प्रेसर कुकर बम राखिएको ठाउँ नजिक ललितपुर–३ को सत्ता गठबन्धनको सम्पर्क कार्यालय छ । त्यस्तै, काठमाण्डौको हाँडीगाउँ र बूढानीलकण्ठमा पनि शङ्कास्पद वस्तु फेला परेका छन् । चुनाव बिथोल्न र डर, त्रास पैदा गर्ने उद्देश्यले विभिन्न ठाउँमा शङ्कास्पद वस्तु राखिएको प्रहरीको भनाइ छ ।

काठमाडौंको दुई ठाउँमा शङ्कास्पद वस्तु फेला

काठमाडौंको बूढानीलकण्ठ र हाँडीगाउँ स्थित भत्केको पुलमा शंकास्पद वस्तु फेला परेको छ । हाँडीगाउँमा प्रेसर कुकरमा तार जोडेर राखेको अवस्थामा शुक्रबार बिहान भेटिएको शङ्कास्पद वस्तु नेपाली सेनाको टिमले डिस्पोज गरेको छ । बूढानीलकण्ठ स्थित स्पेशल चोक र भत्केको पुलमा फेला परेको शङ्कास्पद वस्तु डिस्पोज गरिएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सीताराम रिजालले रातोपाटीलाई बताए । उनले भने–‘भत्केको पुलमा कुकरमा तार जोडेर राखेको फेला परेको थियो ।’ बिहान पौने ३ मा शङ्कास्पद व

कपिलवस्तुमा शङ्कास्पद वस्तु फेला

काठमाडौँ,३० कार्तिक । कपिलवस्तुको कृष्णनगर नगरपालिका(५, पुरुषोत्तमपुर गाउँ नजिकै फेला परेको शङ्कास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गर्दै ।तस्बिरः सनिउल्ला धोबी/रासस

कैलालीका २ स्थानमा शङ्कास्पद वस्तु फेला, प्रेसर कुकरमा बम भएको आशङ्का

धनगढी । कैलालीका दुई ठाउँमा शंस्कापद वस्तु फेला परेका छन् । गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल अत्तरिया ६ लेन सडक खण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शङ्कास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शङ्कास्पद वस्तु भेटिएको छ […]

झापामा एमाले अध्यक्षको घर अगाडी शङ्कास्पद वस्तु फेला

झापा – नेकपा एमाले झापाका अध्यक्ष दीपक कार्कीको गौरादह नगरपालिका–३ स्थित घरको प्रवेशद्वारमा शङ्कास्पद वस्तु फेला परेको छ । आज बिहान ५ : ३० बजेतिर प्रवेशद्वारको अगाडि तारले जडित प्रेसर कुकर देखेपछि प्रहरीलाई खबर गरेको अध्यक्ष कार्कीले बताए । शङ्कास्पद वस्तु डिस्पोज गर्नका लागि चारआलीस्थित नेपाली सेनाको टोलीलाई बोलाइएको दमक इलाका प्रहरी कार्यालयका प्रहरी नायब […]

पूर्वमन्त्री कार्कीको घर अगाडि शङ्कास्पद वस्तु फेला

काठमाडौँ । नेकपा एमालेका नेता तथा प्रदेश १ का पूर्वमन्त्री हिक्मत कार्कीको घर अगाडि शङ्कास्पद वस्तु फेला परेको छ ।  आज बिहान करिब साढे ५ बजे झापाको गौरादह नगरपालिका-३ गौरादह बजारमा रहेको कार्कीको घर अगाडि प्रेसर कुकर बमजस्तो देखिने शङ्कास्पद वस्तु फेला परेको हो ।

उत्तरी मोरङको मिक्लाजुङमा शङ्कास्पद वस्तु फेला, स्थानीय त्रसित

काठमाडौँ । उत्तरी मोरङको मिक्लाजुङ गाउँपालिकाको बर्खेमा शङ्कास्पद वस्तु फेला परेपछि नेपाली सेना र प्रहरी टोली परिचालन भएको छ। सोही क्षेत्रमा बुधबार राति विस्फोटको आवाज आएपछि स्थानीयवासी आतङ्कित बनेका छन्। ‘प्रेसर कुकरमा तार जोडेको वस्तु देखिएपछि सेना र प्रहरी टोली मिक्लाजुङ गएको छ,’ मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले भने,‘ तर, विकट ठाउँ भएकाले टोली […]

एमाले उम्मेदवारको घर नजिकै शङ्कास्पद वस्तु फेला

काठमाडौँ । मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ११ मा शङ्कास्पद वस्तु फेला परेको छ। नेकपा एमालेका उम्मेदवार जीवनाथ ढकालको घर नजिकै मकैवारिमा तार जडित अवस्थामा प्रेसर कुकर फेला परेको हो। ढकाल वडा सदस्यका उम्मेदवार छन्। मकैवारिको डिलमा प्रेसरकुकर देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा बिहानै प्रहरी पुगेको थियो। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शङ्कास्पद […]

दाङको देउखुरीमा शङ्कास्पद वस्तु फेला, सेनाको टोलीद्वारा 'डिस्पोज' गर्ने तयारी

दाङ - देउखुरी लमही रिहार सडक खण्ड अन्तर्गत लमही  नगरपालिका-७ को पद्मिनी खोलादेखि २ सय मिटर पश्चिम सडक छेउमा शङ्कास्पद वस्तु फेला परेको छ ।  प्रेसर कुकरमा तारले जेलिएर राखिएकाे अवस्थामा शङ्कास्पद वस्तु फेला परेको हाे ।  गएराति गाडी चालकले शङ्कास्पद वस्तु  देखेपछि प्रहरीलाई खबर गरेका इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले बताउनुभयाे ।  अहिले घटनास्थलमा नेपाली सेनाकाे बम डिस्पोजल टोली पुगेर डिस्पोज गर्ने तयारी गरिर...