अफगानिस्तानमा ‘सबैभन्दा खराब मानवीय विपत्ति’ आउनसक्छ- जर्मनी

जर्मनीकी नयाँ विदेशमन्त्री अन्नालेना बायरबोकले अफगानिस्तानमा ‘वर्तमान् समयको सबैभन्दा खराब मानवीय विपत्ति’ लाई रोक्नुपर्ने बताएका छन् । उनले जर्मनीले अन्तर्राष्ट्रिय साझेदारहरूसँग मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । पद ग्रहण गरेको दुई हप्तापछि उनले भने, -बर्लिनले सबैभन्दा खाँचोमा परेका अफगानीहरूलाई बाह्य सहायता पु-याउनेबाहेक तालिबान समूहका कारण विशेष गरी अफगानी महिला तथा केटीहरू बढी खतरामा रहेका उनीहरूलाई आवश्यक उद्धार अभियान चलाउनु बाञ्छनीय हुनेछ । यस हिउदमा २४ लाख अफगानीलाई बाँच्नका लागि सहयो...