विदेशमा शरण खोज्ने चिनियाँ नागरिकको संख्या बढ्दो

विदेशमा शरण खोज्ने चिनियाँ नागरिकको संख्या बढ्दै गएको छ । पछिल्ला केही वर्षदेखि चीनबाट शरण खोज्नेहरूको सङ्ख्या बढ्दै गएको गैरसरकारी संस्था सेफगार्ड डिफेन्डर्सले विश्लेषणसहित प्रकाशन गरेको तथ्याङ्कमा उल्लेख छ । कोरोना महामारी विरूद्ध चीनको शून्य नीति र अन्य प्रतिबन्धका बाबजुद शरण खोज्नेहरूको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ । सन् २०१२ यता झण्डै सात लाख ३० हजार चिनियाँ नागरिकले विदेशमा शरण मागेका प्रतिवेदनलाई उल्लेख गरी समाचार संस्था एएनआईले जनाएको छ । शरण माग्ने ती नागरिकमध्ये एक लाख ७० हजारभन्दा धेरैले ...