अजिरकोटमा पर्यटन सम्भावना

अजिरकोट गाउँपालिका नेपालको गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको उत्तर पश्चिम क्षेत्रमा अवस्थित छ । यसको क्षेत्रफल १९८.०५ वर्गकिलोमीटर रहेको छ । यो गाउँपालिका समुद्र सतहदेखि करीब ३०० मि. देखि ८००० मि. सम्म रहेको छ । गाउँपालिकाको कुल जनसंख्या पछिल्लो जनगणनाअनुसार १४,८०२ रहेको छ । अजिरकोट दरौंदी नदीय पूर्वी पाटो र चेपे नदीतर्पmको पश्चिमी पाटोको ठीक मध्यविन्दु डाँडामा अवस्थित छ । यो ऐतिहासिक, सामाजिक, राजनीतिक, धार्मिक, भौगोलिक, सामरिक धरोहरका रूपमा प्रसिद्ध गढी हो । यहाँको चेपे तथा दरौदी नदी धार्मिक, कृषि, सिँचाइ, जलविद्युत् आदिबाट महत्त्वपूर्ण छन् । थेरै समथर टारहरू र अधिकांश पहाड हरियाली वातावरण र हावापानी रहेको जैविक विविधताले भरिपूर्ण यस गाउँपालिका हावापनीको दृष्टिले मात्र होइन, सांस्कृतिक दृष्टिले समेत सबै जातजाति वर्ग र समुदायका सयुक्त बसोवास रहेको छ । थोरै समथर टारहरू र अधिकांश पहाडी हरियाली वातावरण र हावापानी रहेको, जैविक विविधताले भरीपूर्ण यो अजिरकोट गाउँपालिका हावापानीको दृष्टिले मात्र होइन, सांस्कृतिक दृष्टिले समेत विविधता र सम्भावनाले भरिपूर्ण रहेको छ । गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा पर्ने अजिरकोट एक पर्यटकीय, ऐतिहासीक एवं धार्मिक तथा सांस्कृतिक धरोहरको रूपमा रहेको छ । गोरखा जिल्लामा प्राचीन ३८ कोटहरू छन् त्यसमध्ये अजिरकोट एक हो । तल्लो मनास्लु कोट मार्गमा पर्ने अजिरकोट भच्चेक, नम्की, सिरानडाँडा, चित्रे, दमाहपातल, नागेक्षेत्र, माडीक्षेत्र, दूधपोखरी, नारदपोखरी, मनास्लु हिमालको मनोहर दृश्यको अवलोकन गर्न सकिन्छ । कोटमार्गको लिलिगकोट, सिरानचोककोट, अजिरकोट, सिम्जुङकोट र अपुनकोट प्रसिद्ध छन् । दूधपोखरी र नारदपोखरीमा जनैपूर्णिमामा धार्मिक मेला लाग्ने गर्छ । दूधपोखरी र नारदपोखरी माथिसम्म पनि भेडाखर्क देखिन्छ । हिमाली क्षेत्र जडीबुटीको खानी हो । यस क्षेत्रमा सतुवा, वनलसुन, पाँचऔंले, नीरमसी, जटामसी, भुतकेश, यार्सागम्बा, पाखनभेद, रथविरथजस्ता अनगिन्ती जडीबुटी पाइन्छ । अजिरकोट क्षेत्रमा खनिज, जडीबुटी, पशुपन्छी, वन्यजन्तु, नदीनाला, ताल तथा सिसा, फलाम, स्लेट, ढुङ्गाखानीहरूजस्ता प्राकृतिक स्रोतसाधन छन् । अजिरकोट क्षेत्रको मार्गबाट हरियाली, माडी, पोखरी, खर्कका भेडीगोठ र हिमाली दृश्यको सौन्दर्यले जोकोही पनि मुग्ध हुनु स्वाभाविक नै हो । अजिरकोटबाट मनास्लु, हिमालचुली, बौद्धनाथ, मनास्लु उत्तर, रउला हिमाल, शृंगी हिमाल आदि साथै नागबेली आकारमा चेपे र दरौंदी खोला तथा हरियो वनको मनमोहक दृश्य देख्न सकिन्छ । राष्ट्रिय संस्कृतिको स्वरूप लिन यहाँको लोकसांस्कृतिक एकतामा समाहित भएर अजिरकोट क्षेत्रले नेपाली माटोको सुगन्ध बोकेर परम्परा बचाएको पाइन्छ र आप्mनै मौलिक जातीय पहिचानमा मौलाएको पाइन्छ । हिमाली भेगको जातीय पहिचानमा सिर्जिएका गुरुङ समाजका घाँटु, सोरठी, मारुनी, स्यार्गा, छ्याँडु, ठाडो–भाका, रोदी, तामाङ समाजमा प्रचलित सेलो, टुङ्ना, ब्रा≈मण–क्षत्री समाजमा चर्चित बालन, भजन–चुड्का, तीज, माहल आदि प्रचलित दोहोरी, झ्याउरे, सरस्वती नाच, पञ्चैबाजा नाच र प्रायः सबै जातजातिमा प्रसिद्ध देउसी–भैलो आदि प्रसिद्ध नाचगानले यस समाजको पृष्ठभूमिमा सृजित लोक संस्कृतिले मुख्य स्थान लिएको पाइन्छ । यस्तै बहु–रीतिरिवाज, चालचलन, रहनसहन, वेशभूषा, लोकपरम्परा, कलाकौशल, लोकसाहित्य र तिनको दैनिक उपभोग्य सामानको प्रयोगमा माझिएको ग्रामीण जीवनशैली यहाँका जनताको आप्mनै निजी सम्पत्ति हुन् । अजिरकोट छेउछाउमा अनगिन्ती मठमन्दिर छन्, उदाहरणको रूपमा कालिका मन्दिर (अजिरकोट), भच्चेककी देवी (भच्चेक), झ्याल्लाका भुमे, अलका–विन्ध्यवासिनी (धादिङगरा), बौद्धगुम्बा (बुद्धसिङ), रामपाध्याय स्थानी (डिहीटार), पयूँबोटे देवी (लप्सीबोट), शिवालय मन्दिर (देउराली–बुद्धसिङ–टार), शिवालय मन्दिर (काफलडाँडा), शिवालय मन्दिर (ठासस्वाँरा–काफलडाँडा), खरिबोट, धादिङघरा, बतासे, मुलडाँडा, सुँगुरे, अपुन, भिरकुना, सिरनडाँडा (माने र गुम्बा) घ्याचोक, धनसिरा, मुच्चोक, माल्ले, फल्पु, झ्याँवा, सिमजुङ, खरिबोटमा अवस्थित विभिन्न देवीदेवताका भूमेस्थान, मन्दिर आदि अनगिन्ति धरोहरका रूपमा छन् । प्राकृतिक, ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक, साहसिक दृष्टिकोणले विश्वकै प्रमुख देशहरूमध्ये नेपाल पनि पर्छ । नयाँ पर्यटकीय स्थल, गन्तव्य पर्यटकलाई आकर्षण गरिने तŒवहरूको विकास गरी पर्यटन उद्योगलाई राष्ट्रिय अर्थतन्त्रको एक प्रमुख आधारको रूपमा विकास गर्न आवश्यकता रहेको छ । पर्यटनको माध्यमबाट काम वा रोजगारी सृजना गरी अवसर जुटाई गरीबी न्यूनीकरण गर्दै यस अजिरकोट गाउँपालिका क्षेत्रभित्रका जनताको जीवन स्तरमा सुधार ल्याउन आवश्यक छ । पर्यटनको सम्भावना भए पनि त्यसअनुसार पूर्वाधार निर्माण हुन सकेको छैन । त्यस्तै प्रचारप्रसारको पनि कमी रहेको छ । यस क्षेत्रमा पदयात्राको राम्रो सम्भावना छ । यसका लागि यस क्षेत्रमा ट्रेकिङ ट्रेल बनाइनु आवश्यक छ । त्यस्तै होटेल तथा अन्य पूर्वधार पनि उत्तिकै आवश्यक छ । यसरी यस क्षेत्रमा आन्तरिक र बाह्य पर्यटक आकर्षित गर्न सके स्थानीय स्तरमा रोजगारी सृजना हुन्छ । पर्यटनबाट वैदेशिक मुद्रा आर्जन हुनुका साथै स्थानीय नागरिककको जीविकोपार्जनमा पनि ठूलो टेवा पुग्ने छ । होमस्टे सञ्चालन गरी यहाँको सांस्कृतिक पक्षलाई पर्यटनसँग जोड्न सके दिगो पर्यटनको आधार तय हुन सक्छ । समुदायमा आधारित यस क्षेत्रको प्राकृतिक धरोहरको प्रयोग गरी सामुदायिक विकासका कार्यहरू सञ्चालन गर्न सकिन्छ । यसले यस क्षेत्रको विकासमा जनसहभागिता जुटाउने कार्य गरि नमूनाको रूपमा अजिरकोट क्षेत्रलाई विकास गर्न सकिन्छ । यातायातको विकास सँगसँगै धार्मिक, सांस्कृतिक, ऐतिहासिक र पर्यटनको विकास गर्न सकिन्छ । माथि उल्लेख गरे जस्तै मित्रराष्ट्र भारतको दार्जलिङभन्दा कैयौं गुण सुन्दर छ, यो क्षेत्र । पर्यटन आगमनमा वृद्धि हुने सम्भावना प्रचुर रहेकाले विद्यमान नीति, कानून र प्रक्रियाअनुरूप पर्यटनलाई एक उद्योगका रूपमा विकास गरिनु समयको माग तथा आवश्यकता हो । यसो भएमा मात्र हाम्रो जन्मभूमि पनि समृद्ध भई यहाँका बासिन्दाको आर्थिक स्थितिमा दरिलो टेवा पुग्नेछ । नेपालको भौगोलिक बनोट नै पर्यटक आगमनका लागि प्रमुख पूर्वाधार हो भन्न सकिन्छ जुन प्रकृतिले नै दिएको छ । त्यसमा केही सामान्य लगानी थप्नेबित्तिकै पर्यटनका लागि बलियो आधार तय हुन्छ । यसतर्फ स्थानीय बासिन्दा तथा स्थानीय सरकारको पनि ध्यान जानु आवश्यक छ । लेखक गुणस्तर जीवनमा विद्यावारिधि हुन् ।

सम्बन्धित सामग्री

पर्यटन उद्योगको सम्भावना

पर्यटन प्राचीन कालदेखि नै मानवको लोकप्रिय विषयका रूपमा रहेको छ । मानिस सभ्यताको सुरुवातदेखि नै टाढाटाढासम्म यात्रा गर्दै आइरहेको छ । प्राचीन कालमा सबैभन्दा पहिले भ्रमणका लागि निक्लने यात्रीहरूमा फोनेसियनहरूको नाम लिन सकिन्छ । आधुनिक युगमा यिनीहरू नै प्रथम पर्यटकहरूका रूपमा थिए । कुकलगायत कैयांै यात्रीको प्रयासलाई मध्यनजर राख्दै अठारौं शताब्दीलाई यात्राको सुनौलो युग मानिएको […]

हतुवागढीमा गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धन गरिँदै

भोजपुर– ऐतिहासिक हतुवागढी गाउँपालिकाले गुरुयोजना बनाएर पर्यटन प्रवर्द्धनको काम अगाडि बढाएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि विभिन्न आधार तथा सम्भावना खोजी विकासमा जुटेको हो । पर्यटकीय अवस्था, क्षेत्र, सम्भावना तथा भविष्यमा गर्न सकिने कामलाई समेटेर गुरुयोजना तयार गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीयस्तरमा रहेका प्राकृतिक तथा ऐतिहासिक सम्पदा, सांस्कृतिक धरोहर र धार्मिक स्थलको संरक्षण, […]

पर्यटन प्रवद्र्धनका लागि तीनै तहका सरकारबीच सहकार्य

अपार सम्भावना भएर पनि सदुपयोग हुन नसकेको मुलुकको पर्यटन प्रवद्र्धनका लागि तीनै तहका सरकार आपसी सहकार्य गरेर अगाडि बढ्ने भएका छन् । काठमाडौँमा शनिबार सम्पन्न केन्द्रसहित सातै प्रदेशका पर्यटनमन्त्रीको सम्मेलनले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागि तीनै तहका सरकारबीच सहकार्य गरेर अगाडि बढ्ने निस्कर्ष निकालेका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री …

पर्यटन क्षेत्रमा बढ्दो उत्साह र सम्भावना

नेपालको हकमा पर्यटन क्षेत्र विदेशी मुद्रा आर्जनको दीर्घकालीन र भरपर्दो स्रोत हुने सम्भावना रहे पनि सरकारले त्यसतर्फको विकासमा यथेष्ट ध्यान दिएको छैन । विदेशी मुद्रा सञ्चिति घटिरहँदा नेपालमा यतिबेला आर्थिक चिन्ता जनजनमा पुगेको छ । खासगरी देश खाद्यान्नदेखि तमाम कुरामा परनिर्भर भइरहँदा र भएको विदेशी मुद्राले ६–७ महिनामात्रै आयात धान्ने अवस्थाले आम चिन्ता जगाएको हो […]

पर्यटन क्षेत्र कोभिड–१९ को असरबाट मुक्त हुँदै

नेपालको पर्यटन क्षेत्र तुलनात्मक लाभका दृष्टिकोणले उच्च सम्भावना बोकेको क्षेत्र हो । अनुपम प्राकृतिक, सामाजिक, धार्मिक एवं जैविक विविधताका कारण यस क्षेत्रमा तुलनात्मक लाभ छ । नेपालका हरेक क्षेत्र र भूभागले पर्यटन प्रवद्र्धनको अद्वितीय सम्भावना बोकेको छ । नेपालको संविधानमै यी विभिन्न स्थल र सम्पदाको पहिचान, संरक्षण, प्रवद्र्धन एवं प्रचारप्रसारमार्फत अर्थतन्त्रको प्रमुख हिस्साको रूपमा पर्यटन […]

पर्यटन क्षेत्रमा आशालाग्दो संकेत

महामारीको मारबाट भयावह बन्न पुगेको पर्यटन क्षेत्रमा देखा परेको यस किसिमको आशालाग्दो अवस्थालाई थप जगेर्ना गर्नु जरुरी छ । ‘समावेशी वृद्धिका लागि पर्यटन’ भन्ने नाराका साथ केही दिनअघि बयालीसौं विश्व पर्यटन दिवस नेपालमा पनि मनाइयो । नेपालको सन्दर्भमा यस वर्षको नारामा उल्लेख भएजस्तै समावेशी वृद्धिका लागि अथाह सम्भावना बोकेको क्षेत्रका रूपमा पर्यटन क्षेत्र रहेको छ […]

कर्मचारी र परिवारलाई सुविधासहित पर्यटन भ्रमण काज

मुलुकको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने अपार सम्भावना बोकेको पर्यटन व्यवसायलाई गतिशील बनाउन सरकारले आन्तरिक पर्यटन प्रबद्र्धनका लागि विशेष योजना ल्याउने भएको छ । यस वर्षदेखि कर्मचारीलाई १० दिनको पर्यटन काज स्वीकृति दिने भएको छ । पर्यटन काजमा कर्मचारी र उसको परिवारलाई सुविधासहित विना दिइनेछ । काजमा जाने कर्मचारी आफूसहित परिवारका सदस्य बढीमा दुई …

लुम्बिनीमा कृषि, पर्यटन र औद्योगिक विकासको उच्च सम्भावना

काठमाडौं, असोज ६। । लुम्बिनी प्रदेशमा कृषि, उद्योग र पर्यटन विकासको प्रशस्त सम्भावना देखिएको छ । त्यहाँ भएको कृषियोग्य भूभाग, औद्योगिक क्षेत्र र पर्यटन स्थलहरूका कारण यी ३ क्षेत्रको विकासमा उच्च सम्भावना देखिएको हो । नेपाल राष्ट्र बैंकले लुम्बिनी प्रदेशमा गरेको आर्थिक गतिविधिसम्बन्धी अध्ययनले यस्तो देखाएको हो । उक्त प्रतिवेदन मंगलवार सार्वजनिक गएिको छ, त्यसमा […]

कोभिड–१९ ले थला परेको नेपालको पर्यटन क्षेत्र

नेपालको पर्यटन क्षेत्र तुलनात्मक लाभका दृष्टिकोणले उच्च सम्भावना बोकेको क्षेत्र हो । अनुपम प्राकृतिक, सामाजिक, धार्मिक एवं जैविक विविधताका कारण यस क्षेत्रमा तुलनात्मक लाभ छ । नेपालका हरेक क्षेत्र र भूभागले पर्यटन प्रवद्र्धनको अद्वितीय सम्भावना बोकेको छ । नेपालको संविधानमै यी विभिन्न स्थल र सम्पदाको पहिचान, संरक्षण, प्रवद्र्धन एवं प्रचारप्रसारमार्फत अर्थतन्त्रको प्रमुख हिस्साको रूपमा पर्यटन […]