दैलेख । भोसी कर्णालीमा विशेषगरी दैलेख, जुम्ला, कालिकोट, जाजरकोटका जिल्ला तथा सुदूरपश्चिमको अछाम, बझाङलगायतका जिल्लामा खेलिने लोकनृत्यको एक लोकप्रिय संस्कृतिक परम्परा हो । दैलेखका विभिन्न स्थानमा भोसी खेल्ने समय फरक–फरक भए पनि तिथिका हिसाबले तिहारको समयमा अर्थात् कार्तिक कृष्ण चतुर्दशीको रातमा भोसी खेल्ने प्रचलन रहेको छ । जिल्ला सदरमुकाम नजिकै रहेको जाहरकोट गाउँलगायतका क्षेत्रमा भोसी […]