प्रधानमन्त्री देउवा गिरिलाई श्रद्धाञ्जली अर्पण गर्न सानेपामा, पार्थिव शरीरमा ओढाए पार्टीको झण्डा

काठमाडौं : नेपाली काङ्ग्रेसका नेता एवं सांसद प्रदीप गिरिलाई श्रद्धाञ्जली दिनको लागि उनको पार्थिव शरीरलाई सानेपास्थित पार्टी कार्यालयमा राखिएका छ। प्रधानमन्त्री तथा काङ्ग्रेस सभापति शेरबहादुर देउवाले सानेपा पुगेर गिरिप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। देउवाले गिरिको पार्थिव शरीरमा पार्टीको झण्डा ओडाएका थिए। नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सानेपा पुगेर गिरिलाई श्रद्धाञ्जली दिएका छन्।…