प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक बस्दै

काठमाण्डाै – प्रतिनिधि सभा कार्यव्यवस्था समितिको बैठक दिउँसो १ बजे बस्ने भएको छ । भोलि (सोमबार) बस्ने प्रतिनिधि सभा बैठक सञ्चालन बारेमा छलफल गर्न सभामुख अग्निप्रसाद सापकोटाले बैठक बोलाउनुभएको सभामुख सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो । बैठकमा कोरोना सङ्क्रमण भएका सांसदहरुको संसदमा उपस्थिति र मतदानको व्यवस्था, सरकारलाई दिएको समर्थन फिर्ता पछि प्रतिपक्ष दल बनेको नेकपा माओवादी केन्द्रका सांसदहरुको संसदमा बसाइ व्यवस्थापन, संसदमा स्वास्थ्यका मापदण्ड पालना लगायतका विषयमा छलफल हु...

सम्बन्धित सामग्री

प्रतिनिधि सभाको बैठक बस्दै : अख्तियारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची

काठमाण्डाै - प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । आज बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन पेस गर्नुहुने उल्लेख छ । बैठकअघि बिहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था समितिको बैठक आह्वान गर्नुभएको छ । एमालेले सभामुख हटाउनुपर्ने र आफूहरुले कारबाही गरेका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने अडान राख्दै निरन्तर संसद् बैठकमा अवरोध गर्दै आएको छ । ...