तम्घास । यात्रुको चाप बढेसँगै गुल्मीको रेसुंगा विमानस्थलबाट हप्तामा तीन पटक उडान हुने भएको छ । विगत केही समययता साप्ताहिक उडान भर्दै आए पनि यात्रुको चाप हेरेर आइतबार, मंगलबार र बिहीबार गरी हप्तामा तीन पटक सेवा दिने रेसुंगा विमानस्थल स्टेशन प्रमुख सुमन थापाले जानकारी दिए । नेपाल एयरलाइन्सका जहाज अभावका कारण सेवा नियमित हुन सकेको […]
काभ्रेपलाञ्चोक– पूर्वराष्ट्रपति डा रामवरण यादवले गौतमबुद्धका सन्देश हरेक व्यक्तिका लागि जीवन उपयोगी भएको बताएका छन् । बुद्धका सन्देशलाई देश विदेशमा फैल्याउन सबै पक्ष र क्षेत्र लाग्नुपर्नेमा उनले जोड दिए । काभ्रे सेवा समाजद्वारा आयोजित बुद्धजयन्तीका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीदेखि ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म आयोजित वृहत शान्ति पदयात्राको आज उनी उद्घाटन गर्दै पूर्वराष्ट्रपति […]
इजरायली-अमेरिकी बन्धक एडन अलेक्जान्डरलाई चाँडै गाजामा रिहा गरिने भएको छ। हमासका एक वरिष्ठ अधिकारीले आइतबार यो जानकारी दिए। यो कदमलाई प्रमुख अरब मध्यस्थकर्ता कतार र इजिप्टले युद्धग्रस्त गाजामा युद्धविराम वार्ता पुनः शुरू गर्न प्रोत्साहनजनक कदमको रूपमा वर्णन गरेका छन्। हमासका अधिकारीले २१ वर्षीय अलेक्जान्डरको रिहाइको मिति स्पष्ट नगरे पनि, यो मामिलासँग परिचित एक स्रोतले मंगलबारसम्म […]
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती भव्य रूपमा मनाउने घोषणा गरेका छन् । आज लुम्बिनीमा आयोजित २५६९ औँ बुद्ध जयन्ती मूल समारोहमा प्रधानमन्त्री ओलीले यस्तो घोषणा गर्दै त्यसको पूर्वतयारीमा लाग्न लुम्बिनी विकास कोषलाई निर्देशन दिए । उनले ०७३ सालमा बुद्धजयन्ती मनाउँदा हावाहुरीले मञ्च भत्काएपछि अहिले कार्यक्रम भएको हल बनाउने […]
काठमाडौँ। हिमपातका कारण अवरुद्ध नाम्खा गाउँपालिका-६ स्थित लिमी-लाप्चा खण्डअन्तर्गत न्यालु लेख खुलेको छ । नाम्खा गाउँपालिका-६ वडाध्यक्ष पाल्जोर तामाङका अनुसार बाक्लो हिमपातले अवरुद्ध भएको ४,९९० मिटर उचाइमा रहेको न्यालुको सडक पूर्वाधार विकास कार्यालय हुम्लाले हिउँ पन्छयाएपछि खुलाएको हो । पुस, मंसिर महिना परेको बाक्लो हिमपातले न्यालु लेख बन्द भएपछि लिमी-लाप्चाबाट मानसरोवर कैलाश दूरदर्शन गर्न पर्यटकहरू […]