जनकपुरधाम – धनुषामा आफ्नै साथीलाई गोली हान्ने एक जना युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१९ शिवपुरका करिब २५ वर्षीय रुपेश यादव रहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता जितेन्द्र बस्नेतले जानकारी दिए। आइतबार साँझ घटनापश्चात् भारततर्फ भाग्दै गरेका युवकलाई धनौजी गाउँपालिका–४ स्थित नेपाल–भारतको सीमा क्षेत्रमा पक्राउ गरिएको प्रवक्ता बस्नेतले बताए। शनिबार राति कमला […]