राष्ट्रिय खेलकुद क्रिकेट : सुदूरपश्चिम र पुलिस विजयी

काठमाडौं : नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष क्रिकेटमा आइतबार भएको खेलमा सुदूरपश्चिम र प्रदेश १ ले आ-आफ्ना खेलमा जित हासिल गरेका छन्।टस हारेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो। जवाफमा प्रदेश १ जम्मा १ सय ३१ रनमा समेटियो।टियू मैदान कीर्तिपुरमा भएको दिनको दोस्रो खेलमा नेपाल पुलिस क्लबले कर्णाली प्रदेशमाथि ९ विकेटको प्रभावशाली जित हासिल गर्‍यो। टस हारेर पहिलो ब्याटिङ गरेको कर्णालीले १९ दशमलव ३ ओभरमा अलआउट हुँदै ८५ रन बनाउँदा जवाफमा