पोखरामा गठबन्धनले दर्ता गर्‍यो मेयर र उपमेयरको उम्मेदवारी

पोखरा– पोखरा महानागरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ। गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपिला रानाभाटले आज उम्मेदवारी दर्ता गरेका हुन्।

सम्बन्धित सामग्री

नेकपा एसका मेयर र उपमेयरसहित १० जनाले लिए उम्मेदवारी फिर्ता

सिरहा – वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनको लागि उम्मेदवारी दर्ता गराएका एक मेयर र एक उपमेयरसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका छन्। नेकपा एकीकृत समाजवादीका तर्फबाट गोलबजार नगरपालिकामा मेयर पदका उम्मेदवार धर्मनाथ महतो र उपमेयर पदका उम्मेदवार गोमा लम्सालसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका हुन्। नेकपा एसकै तर्फबाट वार्ड नम्बर ६ का वडा […]

विराटनगरमा तीन मेयर र दुई उपमेयरको उम्मेदवारी फिर्ता

१६ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका तीन र उपमेयरमा उम्मेदवारी दिएका दुई जनाले मनोनयन दर्ता फिर्ता लिएका छन् । बिहीबार तीन मेयर, दुई उपमेयर, ७ वडाध्यक्षसहित २३ जना उम्मेदवारले मनोनयन फिर्ता गरेका हुन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार मेयरमा राष्ट्रिय जनमोर्चाबाट उम्मेदवारी दिएका टंकप्रसाद गौतम, नेपाल […]

बुटवलमा जसपाका मेयर र उपमेयर उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

१६ वैशाख, बुटवल । जनता समाजवादी पार्टी (जसपा) बाट बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका दुवै जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जसपाबाट मेयरमा सुरज हितान मगर र उपमेयरमा सम्झना पौडेलले मनोनयन दर्ता गरेका थिए । नेपाली कांग्रेस नेतृत्वको ५ दलीय गठबन्धनका उम्मेदवारलाई सघाउने गरी मेयर र उपमेयरका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएको जसपा […]

निवर्तमान मेयर अमानसिङ तामाङले स्वतन्त्र उम्मेदवारी फिर्ता लिए

सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका निवर्तमान मेयर अमानसिङ तामाङले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । शुक्रबार निर्वाचन कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिएको उनले जानकारी दिए । उनले उम्मेदवारी छनोट गर्ने सिलसिलामा गरेको निर्णयप्रति असन्तुष्टि प्रकट गर्दै पुनः नगर प्रमुखको रुपमा नेकपा माओवादी केन्द्रको तर्फबाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । प्रेस […]

काठमाडौं महानगरपालिकामा लोसपाको मेयर र उपमेयरको उम्मेदवारी खारेज

लोकतान्त्रिक समाजवादी पाटी (लोसपा)को काठमाडौ महानगर पालिकाका मेयर र उपमेयरको उम्मेदवारी खारेज भएको छ। लोसपाले मेयरमा डानिन्द्र जोशी र उपमेयरमा उदय खड्कीले उम्मेदवारी दिएका थिए । स्थानीय तह निर्वाचन २०७३ को दफा १७  को उपदफा ४ अनुसार मेयर र उपमेयरमा ५० प्रतिशत महिला नभएकाले मेयर र उपमेयरको उम्मेदवारी खारेज भएको महानगरका प्रमुख निर्वाचन अधिकृत राजकुमार खतिवडाले बताए । लोसपाले उम्मेदवारी दिँदा महिलाको प्रतिनिधित्व नगराइ दुबै जना पुरुष उम्मेदवार भएका हुन् ।

विराटनगरमा मेयर र उपमेयरका लागि एमालेबाट थापा र कार्कीकाे उम्मेदवारी

विराटनगर : नेकपा एमालेका उम्मेदवार सागर थापा र शिल्पा कार्कीले उम्मेदवारी दर्ता गराएका छन्।वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरको मेयर र उपमेयरका लागि आज (सोमबार) थापा र कार्कीले  उम्मेदवारी दर्ता गराएका हुन्।

पोखरामा गठबन्धनबाट मेयर र उपमेयरको उम्मेदवारी दर्ता

काठमाडौं । पोखरा महानागरपालिकामा सत्तारुढ गठबन्धनले मेयर उपमेयरको उम्मेदवारी दर्ता गरेको छ । गठबन्धनबाट मेयरमा एकीकृत समाजवादीका धनराज आचार्य र उपमेयरमा कांग्रेसकी कोपीला रानाभाटले सोमबार उम्मेदवारी दर्ता गरेका हुन् ।

राप्रपाबाट बुटवल उपमहानगरको मेयर र उपमेयरमा उम्मेदवारी

बुटवल उपमहानगरपालिकाको मेयर र उपमेयरमा राप्रपाबाट उम्मेदवारी दर्ता गरिएको छ । राप्रपाबाट बुटवल उपमहानगरपालिकाको मेयरमा मृगेन्द्र शेरचन र उपमेयरमा भगवती पाण्डेले उम्मेदवार दर्ता गराएका हुन् ।सोमबार राप्रपाका तर्फबाट उपमहानगरको मेयर र उपमेयरमा उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत लेखनाथ पौडेलले जानकारी दिए ।  नेपाल मजदुर किसान पार्टीबाट हरिसुन्दर बासीले पनि मेयरमा उम्मेदवारी दिएका छन् ।

अपडेट : काठमाडौं महानगरको मेयर पदमा १६ जनाको उम्मेदवारी

उम्मेदवारी मनोनयनको पहिलो दिन ५ बज्न केही समय बाँकी रहँदा काठमाडौं महानगरको मेयर पदमा १६ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार पहिलो दिन साना राजनीतिक दल र स्वतन्त्र गरी १६ जनाको मेयर पदमा उम्मेदवारी परेको हो ।  त्यस्तै उपमेयर पदमा ८ जनाको उम्मेदवारी परेको छ । त्यस्तै वडाध्यक्ष १२ र वडासदस्य ५ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारीबारे विस्तृत जानकारी केहीबेरमा जानकारी दिने जनाएको छ ।क –कसको पर्यो उम्मेदवारी ?१) आनन्द राज जोशी१९ वडा निवासीपार्टी– महासचिव राष्ट्रिय यथा

धनगढीका मेयर वडद्वारा कांग्रस केन्द्रिय सदस्यमा उम्मेदवारी घोषणा

धनगढी– धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले कांग्रेसको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन्। मेयर वडले कांग्रेसको १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) उम्मेदवारी दिने घोषणा गरेका हुन्। नगर प्रमुख वड नेपाली कांग्रेस नगर समितिका सभापतिसमेत भइसकेका छन्। मेयर वड देशभरका उप–महानगरपालिकामा दलित समुदायबाट स्थानीय तहको नेतृत्व गर्ने एक मात्र प्रतिनिधि हुन्। केही दिनअघि […]