आर्थिक अवस्था सुधारका उपाय खोज्दै माओवादी, प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइने

३२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको अर्थ तथा योजना विभागले वर्तमान आर्थिक अवस्था सुधारका लागि सरकारले गर्नुपर्ने कामका विषयमा क्षेत्रगत विज्ञहरुसँग सुझाव लिएको छ । ‘मुलुकको आर्थिक विकासको मोडल र विकास कार्यक्रम’ सम्बन्धी अन्तर्क्रिया कृषि, पर्यटन, ऊर्जा, जलस्रोत, सूचना प्रविधि, सहकारी, भौतिक पूर्वाधार, खानेपानी, इन्जिनियरिङ, जलस्रोत र वाणिज्यसहित विभिन्न क्षेत्रका जानकारहरुले सुझाव दिएका थिए […]