साफ महिला च्याम्पियनसिपको उपाधिका लागि नेपाल-बंगलादेश भिड्दै

काठमाडौं : महिला साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि आज घरेलु टोली नेपाल र बंगलादेश आमने–सामने हुँदैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल साँझ ५ बजे सुरु हुनेछ। महिला साफको १२ वर्षे इतिहासमा नेपाल र बंगलादेश पहिलो पटक फाइनल भिड्न लागेका हुन्।  यस अघि दुई टोलीबीच समूह चरणमा मात्र प्रतिस्पर्धा हुँदै आएको थियो।पाँच संस्करणसम्म भारतले मात्र लगातार उपाधि जित्दै आएको थियो। नेपाल ४ पटक उपविजेता बन्दा बंगलादेश १ पटक उपविजेता बनेको इतिहास छ। हालसम्म नेपालले बंगलादेशसँग ८