पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुनः चन्द र भट्ट नै दोहोरिए

बैतडीको पञ्चेश्वर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा पुरानै व्यक्ति दोहोरिएका छन् ।   गाउँपालिका अध्यक्षमा नेकपा एमालेका गोरख बहादुर चन्द र उपाध्यक्षमा एमालेकै  बिना भट्ट विजय भएका हुन् । आज सम्पन्न अन्तिम मत परिणाम अनुसार अध्यक्षमा चन्द झण्डै १३ सय मतान्तरले विजयी भएका छन् । उनले ३ हजार ७ सय ८२ मत ल्याउँदा गठबन्धनका कांग्रेस उम्मेदवार रमेश भण्डारीले २ हजार ४ सय ८८ मत ल्याएका छन् । उपाध्यक्षमा एमालेकै बिना भट्टले ३ हजार ६४ मत ल्याउँदा गठबन्धनका उम्मेदवार नेकपा (एकिकृत सम