विश्व चर्चित ब्राजिलका फुटबलर पेलेको ८२ वर्षकाे उमेरमा निधन भएको छ । पेलेकाे उपचारका क्रममा साओ पाउलोमा निधन भएको हाे । उनी क्यान्सर तथा मिर्गौला र मुटुसँग सम्बन्धित समस्याबाट पीडित थिए ।
सन् १९९७ मा खेल जीवनबाट सन्न्यास लिएका पेले अझै पनि विश्वका सर्वाधिक परिचित व्यक्तिमध्ये पर्छन् । पेलेले ब्राजिललाई सन् १९५८, १९६२ र १९७० मा विश्व कपको उपाधि जिताएका थिए । उनी तीन विश्व कप जित्ने एकमात्रै खेलाडी हुन् ।
२१ वर्षकाे लामाे फुटबल करियरका क्रममा पेलेले एक हजार तीन सय ६३ खेलमा एक हजार दुई सय ८१ गाेल ...