मतदानको दिन पनि गाडी चल्ने, व्यवस्थापनका लागि कार्यदलले गर्दै गृहकार्य

काठमाडौं : निर्वाचन आयोगले चुनावका दिन सवारी साधन चलाउन दिने भएको छ। मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा सवारीसाधन संचालनमा रोक नलगाइने आयोगले जनाएको हो। यसअघिका निर्वाचनहरुमा मतदानका दिन सवारी साधन सञ्चालनमा बन्देज लगाइएको थियो। तर, यसपटकको निर्वाचनमा गाडी संचालनमा रोक नलगाइने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। तर, सामान्य बेलाको…