अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेन बुधबार ४६ औं राष्ट्रपतिको रुपमा पद तथा गोपनीयताको शपथ लिएका छन् । गत नोभेम्बरमा सम्पन्न निर्वाचनमा उनले राष्ट्रपतिका प्रत्यासी डोनाल्ड ट्रम्पलाई पराजित गर्न सफल भएका थिए । निवर्तमान राष्ट्रपति ट्रम्प आजै ह्वाइट हाउसबाट बाहिरिएका छन् भने उनले कुनै न कुनै रुपमा आफू पनि जनता सँगसँगै हुने प्रतिक्रिया दिएका छन् ।
७८ वर्षीय बाइडेन एक भब्य समारोहका बीच बुधबार पद तथा गोपनीयताको शपथ लिएका हुन् । क्यापिटल हिलस्थित संसद् भवनमा उनले मुख्य न्यायाधीश जोन जी रोबर्टबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ...