चार दिन बित्दा पनि हुम्लामा मतपेटिका संकलन हुन सकेन

काठमाडौं । हुम्लामा निर्वाचन भएको चार दिन बित्दा पनि मतपेटिका संकलन हुन सकेको छैन । प्रदेशसभा ख का मतपेटिकाहरू अझै सदरमुकाम आउन नसक्दा मत गणना पनि सुरु हुन सकेको छैन । सो क्षेत्रका ३४ केन्द्रका १ सय ३६ मतपेटिका सर्केगाड केन्द्रमा थन्क्याइएको छ । हेलिकप्टर उपलब्ध नहुँदा मतपेटिका सदरमुकाम सिमकोट लैजान नसकिएको महादेव माध्यमिक विद्यालय […]

सम्बन्धित सामग्री

चितवनमा काँग्रसले रोक्यो मत गणना, तनहुँमा मतपेटीका संकलनमै समस्या बारामा भोली

काठमाडौं । तीन जिल्लाका तीन निर्वाचन क्षेत्रमा शान्तिपूर्ण निर्वाचन सकिए पनि मत गणना भने शुरू हुन सकेन । चितवन -२ मा नेपाली काँग्रेसले गणना हुन दिएको छैन । तनहुँ -१  मा दुर्गम स्थानको मत पेटिका संकलनमै समस्या भएको छ । भने बारा- २ मा भोली मात्रै सर्वदलिय वैठक बसेर मत गणना गरिने निर्वाचन आयोगले जनाएको छ । चितवनमा नेपाली कांग्रेस, चितवनले  राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने र चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलबारे उजुरी बारे निर्णय नभएसम्म मतगणना गर्न नदिने बताए पछि गणना रोकिएको हो । मतदानका दिन रास्वपा सभापति लामिछानेले आचार उल्लंघन गरेको र प्रजिअ पौडेलले सहयोग गरेको भन्ने कांग्रेसले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएको छ । चितवनमा भोली बिहान ८ बजे सर्वदलीय बैठक बस्ने भएको छ । आज बस्ने भनिएको सर्वदलीय बैठकमा सिडिओ र जिल्लाका प्रहरी प्रमुख नआएपछि दलका प्रतिनिधिहरु मतगणनास्थलबाट बाहिरिएका थिए । बारा–२ को मतगणना सोमबार मात्रै गर्ने तयारी भएको छ । आइतबार सम्पन्न उपनिर्वाचनको मतपेटिका संकलन सकिएको पनि भोलिमात्रै सर्वदलीय बैठक बसेर गणना सुरु गर्ने तयारी भएको छ ।  बारा २ को  मतगणना शिक्षा तालिम केन्द्र, कलैयामा हुनेछ । बारामा करिब  ६३ प्रतिशत मतदान भएको छ । तनहुँ -१  मा दुर्गम स्थानको मत पेटिका संकलनमै समस्या भएको छ । निर्वाचन कार्यालयले मतपेटिका गन्न सोमबार बिहानबाट मात्र हुनसक्ने सम्भावना रहेको जनाएको छ । भौगोलिक अवस्था जटिल भएकाले मतपेटिका संकलन हुन समय लागेकाले भोली मात्रै मत गणना शुरू हुनेछ ।

इलाममा अझै मतगणना हुन सकेन,चार दिनपछि मुगुको भने मतगणना सुरु

कणार्ली : प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचन मङ्सिर ४ गते सम्पन्न भएको चार दिनपछि मुगुमा मतगणना सुरु भएको छ। भौगोलिक विकटताका कारण तीन दिनसम्म मतपेटिका संकलन समय लागेकाले मतगणना कार्य ढिलो सुरु भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए।  ‘मुगुमा चार स्थानीय तह मात्र भए पनि छायाँनाथ रारा नगरपालिकाको मतपेटिकामात्र समयमै सङ्कलन भयो,’उनले भने,‘मुगुको सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकाको भौगोलिक विकटताका कारण दुई दिन

पाल्पामा मतपेटिका संकलनमा ढिलाइ हुँदा मतगणना हुन सकेन

दुई प्रतिनिधि र चार प्रदेशसभा रहेको पाल्पामा मतपेटिका संकलन गर्न ढिलाइ हुँदा मतगणना समयमा हुन सकेको छैन । क्षेत्र नम्बर १ र २ को दुर्गम भेगबाट मतपेटिका ल्याउन राति १ बजेकाले संकलन गर्न ढिलाइ भएको जिल्ला निर्वाचन अधिकारी रुक्मांगत अर्यालले जानकारी दिए ।

काठमाडौं महानगरमा अझै सुरु हुन सकेन सर्वदलीय बैठक

काठमाडौं । काठमाडौं महानगरपालिकामा सर्वदलीय बैठक सुरु हुन सकेको छैन । राति ९ बजे बस्ने भनिएको सर्वदलीय बैठक सुरु हुन नसकेको हो ।  मुख्य निर्वाचन अधिकृत राजकुमार खतिवडाका अनुसार मतपेटिका संकलन कार्य जारी रहेकाले सर्वदलीय बैठक बस्न नसकेको हो ।  महानगरमा सर्वदलीय बैठक बसेर आजै मतगणना सुरु गर्ने तयारी छ ।