दमौली– यहाँस्थित व्यास नगरपालिका–८ बर्लाचीको एक घरको आँगनमा डोरीमा बाँधिएर जीवन बिताउन बाध्य छन् झलक विक । छब्बीस वर्षीय उनका लागि हिँडडुल गर्नु, मनका भावनालाई साटासाट गर्नु र अन्य दैनिकी काम गर्नु अकल्पनीय कुरा हुन् । उनी आफ्नो शरीरलाई आफै नियन्त्रण गर्न सक्दैनन् । घिस्रिएर अर्को स्थानमा पुग्न बाध्य छन् । शौच लगाएकै कपडामा हुन्छ । […]