टिकटकमा यस्तो भिडियो राखेपछि एक जना पक्राउ

सोही पोस्टको आधारमा कृष्णनगर नगरपालिका–१२ नरैनापुरका ४२ वर्षीय बिनोदकुमार ओझा अवैध रूपमा राखेको एक नाले भरुवा बन्दुकसहित पक्राउ परेका हुन्। उनले आफ्नो टिकटक आइडीबाट भरुवा बन्दुकको भिडियो पोस्ट गरेका थिए। भिडियो पोस्ट गरेपछि प्रहरीले ओझाको घरबाट अवैध बन्दुक बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी रिपेन्द्र कुमार सिंहले बताए।