हिमालयन लाइफको ‘बीमारत्न’ बने जय फुयाल, पाए रोयल इन्फिल्ड क्लासिक ३५०

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ता जय फुयालले व्यक्तिगत अभिकर्ता कोडअन्तर्गत सबैभन्दा बढी बीमाशुल्क संकलन गर्दै रोयल इन्फिल्ड क्लासिक ३५० मोटरसाइकल प्राप्त गरेका छन्। फुयाल आर्थिक वर्ष २०८२/८३ का लागि कम्पनीले सञ्चालन गरेको अभिकर्ता प्रोत्साहन योजनाअन्तर्गत ‘बीमारत्न’ योजनामा छनोट भएका हुन्। योजनामा तोकिएको लक्ष्य पूरा गर्दै उत्कृष्ट कार्यसम्पादन गरेपछि कम्पनीले उनलाई मोटरसाइकल प्रदान गरेको जनाएको छ। […]