कर्णाली– आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि कर्णालीबाट चार जना उम्मेदवारहरूले मनोनयन दर्ता गरेका छन् । कर्णालीमा रिक्त रहेको अन्य र महिला कलस्टरमा चार जनाको उम्मेदवारी परेको हो । अन्य कलस्टरमा नेपाली कम्युनिष्ट पार्टीबाट रुकुम–पश्चिमका बुद्धिप्रसाद शर्मा र नेपाली कांग्रेसबाट जुम्लाका ललितजङ्ग शाहीले मनोनयन दर्ता गरेको कर्णाली प्रदेश निर्वाचन कार्यालय सुर्खेतका सूचना […]