एमालेले मधेस प्रदेशसभाका चार विवादास्पद प्रदेश सांसदलाई आगामी प्रतिनिधिसभाको चुनावका लागि उम्मेदवार बनाएको छ। चार जनामध्ये दुई जना पूर्वमुख्यमन्त्री र एक जना पूर्वसभामुख छन्। धनुषा क्षेत्र नम्बर १ बाट प्रदेशका पूर्वसभामुखसमेत रहेका प्रदेश सांसद रामचन्द्र मण्डललाई एमालेले अघि सारेको छ। त्यस्तै, महोत्तरी क्षेत्र नम्बर ४ बाट पूर्वमुख्यमन्त्री सरोजकुमार यादव उठाइएका छन् भने सप्तरी क्षेत्र नम्बर […]